काठमाडौं खबर भदौ २१, २०८१
काठमाडौं । फेसबुकले माफी माग्दै काठमाडौंका मेयर बालेन शाहको डिलिट भएको पोस्ट पुन: फर्काएको छ । लुम्बिनी प्रदेश सांसद रेखा शर्माले एक बालिकालाई घरेलु हिंसा गरेकोमा पक्राउ नगरेको भन्दै भदौ १६ गते फेसबुकमा एउटा पोस्ट गरेका थिए ।
सो पोस्टमा बालेनले बाल श्रम शोषणको आरोप लागेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई कानुनी कारबाही नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेसबुकमा प्रश्न उठाएका थिए।
सो पोस्ट गलत रहेको भन्दै अनेरास्ववियुलगायतका कार्यकर्ताहरूले रिपोर्ट गरेपछि बालेनको पोस्ट हटेको थियो । फेसबुकले बालेनको पोस्ट कम्युनिटी गाइडलाइनभित्रै रहेको पाइएपछि पुनः फर्काएको स्पष्ट पारेको छ। अहिले बालेनको फेसबुकमा उक्त पोस्ट देख्न सकिन्छ।
यस्तो छ फेसबुकले मागेको माफी