काठमाडौं खबर भदौ २२, २०८१
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंको धाप ड्याममा र भक्तपुरको नगरकोटमा धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तीन जिल्लाका तीन ठाउँमा धेरै भारी वर्षा भएको हो ।
विभागका अनुसार सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद्को भाषामा धेरै भारी वर्षा भनिन्छ। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।
नगरकोटमा १४२.२ मिलिमिटर वर्षा भएको थियो भने काठमाडौँको गोकर्णेश्वरमा रहेको धापड्याममा ७८ मिलिमिटर र ललितपुरको शंखुमा ५३.४ मिलिमिटर वर्षा भएको हो।