काठमाडौं । सञ्चालनमा आएको लामो समयपछि बुढानीलकण्ठमा खुलेको पाँच तारे होटलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । करिब एक वर्षअघिदेखि सञ्चालनमा रहेको पाँच तारे होटल लेमन ट्रि प्रिमियरको शनिबार प्रधानमन्त्रीले औपचारिक उद्घाटन गरेका हुन् । दुई अर्ब ५० करोडको लगानीमा निर्मित सो होटलमा एक सय दुईवटा कोठा रहेको बताइएको छ । भारतको ठूलोमध्येमा पर्ने चेन होटलको यो एउटा चेन ब्रान्च हो । होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दर स्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताए ।
Author: Kathmandu Khabar
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र समेत अझै पाँच प्रतिशत व्यक्ति निरक्षर रहेको पाइएको छ । अहिले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ । आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए । गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको…
काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीको भ्रष्टाचारको मुद्दामा सन् १९९९ को संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेश अन्तर्गत आरोपमुक्त माग गर्दै दायर गरेको जाहेरी अस्वीकार गरेको छ । संशोधित राष्ट्रिय उत्तरदायित्व अध्यादेशको आधारमा खानले आफूविरुद्धको मुद्दा सङ्घीय मन्त्रिपरिषद् बैठकको आधारमा सुरु गरी कानुनले मन्त्रिपरिषद् निर्णयलाई संरक्षण गरेको बताएका छन् । एनएबीले पूर्वप्रधानमन्त्री खानलाई उक्त प्रस्तावका लागि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ र बदलामा झेलम जिल्लाको तहसील सोहवामा लगभग ४५८ कनाल (उत्तरी भारत र पाकिस्तानमा जग्गाको क्षेत्रफल मापन गर्ने एकाई) जमिन, पाकिस्तानी रूपैयाँ (पीकेआर) २८ करोड ५० लाख नगद र अल–कादिर युनिभर्सिटी…
काठमाडौं । आज काठमाडौं उपत्यकाका केही भेगमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी…
काठमाडौं । पल्सर्स स्पोर्ट्स अवार्डअन्तर्गत् विभिन्न खेलका उत्कृष्ट खेलाडी छनोट भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई अवार्ड प्रदान गरेको हो । विभिन्न खेलबाट अवार्ड प्राप्त गरेका खेलाडीहरूको नामावली यस्तो छ । नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । क्यानका संस्थापक मध्येका एक हुन् । करातेतर्फ एरिका गुरूङले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छन् । एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । उनले ६८ केजी तौल समूहमा नेपालको लागि…
रामपुर । पाल्पाको रामपुर नगरपालिकाले औँसी र एकादशीका दिन पशु बध गर्न नपाउने निर्णय गरेका छन् । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्याउने उद्देश्यले औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको हो । नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक सांस्कृतिक परम्पराअनुसार पशु बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताए । उनका अनुसार एकादशी र औँसीमा पशुपक्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो । नगरपालिकाको निर्णय…
काठमाडौं । संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश सिफारिसका लागि थप अध्ययन गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई भावी प्रधानन्यायाधीशमा नियुक्त गर्ने प्रावधान रहेको भए पनि परिषद्ले भने थप अध्ययन गर्ने भन्दै विनानिष्कर्ष बैठक टुङ्गिएको हो । बैठकमा थप अध्ययनको विषय उठेपछि रोलक्रम उल्लङ्घन गर्ने प्रपञ्च हो कि भन्ने शंका उत्पन्न भएको छ । बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णयअघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राखेका थिए । सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । रिक्त हुने उक्त पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट परिषद्ले नाम…
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले उत्कृष्ट पुरूष खेलाडीको अवार्ड जितेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड उनले जितेका हुन् । २०८० मा रोहितको कप्तानीमा नेपालले १० वर्षपछि एसिया कप खेलेकोले सो अवार्ड जितेको हो । उनको कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो । उनले मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पारे।
काठमाडौं । देशभरका सरकारी कार्यालयपछि अब अदालतमा पनि टीएमएस नचल्ने भएको छ । शुक्रबार सर्वोच्च अदालतले एक सूचना जारी गर्दै अदालतमा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने बताएको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो । सो सूचनाअनुसार उच्च अदालत र उच्च अदालतका इजलास, जिल्ला अदालत र निकायहरूमा सेयर कारोबार गर्न टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
काठमाडौं । अमेरिकी सेनाको एउटा टोली काठमाडौं आइपुगेको छ । नेपाली सेनासँग संयुक्त अभ्यास गर्नका लागि एउटा टोली नेपाल आएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । टोलीमा कति जना सेना छन् भन्ने बारेमा भने जंगी अड्डाले केही पनि उल्लेख गरेको छैन । प्यासिफिक एन्जल नाम दिइएको सो अभ्यास भदौ ३० देखि छ दिनसम्म चलेको छ । जंगी अड्डाका अनुसार काठमाडौं, मकवानपुर र धादिङ जिल्लाहरूमा विभिन्न अभ्यासहरू सञ्चालन हुनेछन् । १२ वर्षअघि सुरू भएको अमेरिकासँगको यस्तो अभ्यासको यो चौथो संस्करण हो । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी…
काठमाडौं । जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन् । मणिपुरमा मुख्यतया हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच सन् २०२३ को मे महिनामा सुरु भएको जातीय द्वन्द्वले कम्तीमा दुई जनाको ज्यान लिएको छ । महिनौँको सापेक्षिक शान्तिपछि यस महिना द्वन्द्वको नयाँ लहर सुरु भएको हो । विद्रोहीहरूले रकेट र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने राज्यमा हिंसाको उल्लेखनीय वृद्धि भएको प्रहरीले बताएको छ । ‘पछिल्ला केही दिनमा भएको हिंसात्मक विरोध प्रदर्शनपछि मणिपुर प्रहरीले सात किशोर र अन्य…
काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादनमा उत्कृष्ट मूल्यांकनमा परेका २१ पालिकालाई सम्मान गरेको छ । आफ्नो पार्टीबाट जनप्रतिनिधि रहेकामध्ये २१ वटा उत्कृष्ट पालिकालाई काँग्रेसले सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पार्टीको स्थानीय तह समन्वय विभागले आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवाले ती पालिका प्रमुखलाई सम्मान गरेका हुन् । राज्यस्तरबाट तोकिएका मापदण्डअनुसार नै उत्कृष्ट बनेका पालिकालाई सम्मान गरिएको विभागका प्रमुख मधु आचार्यले जानकारी दिए । सम्मान पाउनेमध्ये रूपन्देहिको तिलोत्तमा, धादिङको नीलकण्ठ र चितवनको रत्ननगर नगरपालिका देशभरका सबै स्थानीय तहमध्ये उत्कृष्टमा परेका छन् । बाँकी पालिका भने सरकारको आर्थिक जोखिमसम्बन्धी अध्ययन, महालेखा परीक्षकको प्रतिवेदनले कम बेरुजु देखाएका र खर्च बढी…
काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडामध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ । केन्द्र २०७८ साल चैत १ गतेदेखि सञ्चालनमा आएको हो । महानगरपालिकासँगको सम्झौतामा मानव स्वास्थ्य नामक सामाजिक संस्थाले सञ्चालनमा ल्याएको केन्द्र गत साउन १ गतेदेखि महानगरपालिकाले नै व्यवस्थापन गर्न थालेको छ । महानगरपालिकाका ३२ वटै वडामा सञ्चालनमा रहेका केन्द्रमध्ये उत्कृष्ट सेवा प्रदान गरेकाले महानगरले नै व्यवस्थापन गर्न थालेको निमित्त इञ्चार्ज गीताकुमारी साउदले जानकारी दिए । महानगरले ३२ वटै वडाका केन्द्रलाई यस्तै स्वरुपमा चलाउन चाहेको छ । स्थानीयवासी करिष्मा कुँवर केन्द्रले राम्रो सेवा दिएकाले सामान्य उपचारका लागि अन्य अस्पतालसम्म पुग्नुपर्ने…
काठमाडौं । निर्माण सम्पन्न हुनुभन्दा अघि नै उद्घाटन भएको धरहरा फेरि पनि निर्माण सम्पन्न हुनुभन्दाअघि नै सञ्चालनमा ल्याउने तयारी भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि पुन: अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । आधा पनि निर्माण सम्पन्न नहुँदै २०७७ साल वैशाख ११ गते तत्कालीन केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेका थिए । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केपी ओलीको पूर्वकार्यकालमा नै उद्घाटन गरेका थिए । त्यसको साढे ४ वर्ष पछि पनि निर्माण सम्पन्न नभई अस्थायी रूपमा मात्रै सञ्चालन गरेको हो । उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२…
काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपालका लागि पोलिसी म्यानेजरका लागि आवेदन आह्वान गरेको छ । नेपाल सरकारले टिकटकमाथि १० महिना प्रतिबन्ध लगाएर फुकुवा गरेको पृष्ठभूमिमा टिकटकले नेपाल सरकारसँग सम्बन्ध स्थापित गर्न सक्ने गरी नेपालीभाषी नीति व्यवस्थापक नियुक्त गर्न लागेको हो। सो पदका लागि नेपाली र अँग्रेजी भाषामा दख्खल राख्ने र व्यावसायिक लेखन गर्न सक्ने व्यक्तिसँग आवेदन माग गरेको हो । आवेदन दिनेले राजनीति विज्ञान, अन्तर्राष्ट्रिय मामिला, सरकार, सार्वजनिक मामिला, सम्बन्धित क्षेत्र वा बराबर व्यावहारिक अनुभवमा उन्नत डिग्री, एक वैश्विक टेक्नोलोजी कम्पनी वा अन्तर्राष्ट्रिय संगठनमा काम गर्ने अघिल्लो अनुभव, अघिल्लो वकालत अनुभव, सार्वजनिक नीतिको व्यापारिक प्रभावहरूको विश्लेषण र सञ्चार गर्ने क्षमता…
काठमाडौं । आज साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ७८ दशमलव १७ अङ्कले उकालो लागेर दुई हजार छ सय ८८ दशमलव ३८ मा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव ४० अङ्कले उकालो लागेर चार सय ७८ दशमलव ४८ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको सेयर मूल्य भने घटेको छ । कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता…
काठमाडौं । कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशन दिएको छ । प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेले आन्तरिक सर्कुलर गरी असोज ३ गतेसम्म उपत्यका नछाड्न र उपत्यका बाहिर भए तुरुन्त आउन ह्वीप जारी गरे । सो ह्वीपको अवस्था हेर्दा असोज ३ अघि नै काँग्रेस एमाले उपसभामुखको मुद्दा टुङ्ग्याउन चाहिरहेका थिए । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन आचरणको प्रस्ताव दर्ता गर्ने तयारी कांग्रेस एमालेले गरिरहेका छन् । यसअघि एमालेले पनि आफ्ना सांसदलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ । आचारणको प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत चाहिने हुँदा उक्त संख्या पुर्याउने कोसिस दुई दलले गरिरहेका…
काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि मंगलबार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको थियो । करिब ९० मिनेटसम्म चलेको एबीसी न्यूज प्रेसिडेन्सियल डिबेटमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको कडा आलोचना गरेका थिए । यस क्रममा दुई उम्मेदवारबीच रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, सीमा समस्या, अध्यागमन, अर्थतन्त्र, क्यापिटल हिल दंगा र गर्भपतन जस्ता विषयमा चर्को बहस भएको थियो । चीन, रुस, इजरायल र इरानले पटकपटक आफ्नो बहसमा आएका छन् । बहसको अन्त्यमा, कमला ह्यारिसले भनिन्, “उनी र ट्रम्पको अमेरिकाको भविष्यमा पूर्णतया फरक विचार छ।” मेरो ध्यान भविष्यमा छ। ट्रम्प विगतमा फसेका छन् ।…
काठमाडौं । नेपाल योग खेलकुद सङ्घ, बागमती प्रदेशको आयोजनामा यही भदौ २९ गतेदेखि ‘दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता’ हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष केदारनाथ बस्ताकोटीले तारेश्वर नगरपालिकाको सहकार्यमा योगलाई खेलकुदसँग जोड्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगिता तारकेश्वरमा हुने छ । उनकानुसार योग प्रशिक्षण गराइरहेका विभिन्न विद्यालय तथा योग खेलाडी गरी दुई सय ३२ र एक सय ३० सामूहिक गरी तीन सय ६२ जना सहभागी हुनेछन् । प्रतियोगितामा एकल प्रतिस्पर्धा र सङ्गीतमय (रिदमिक) सामूहिक योगासन प्रतिस्पर्धा पनि हुनेछ । प्रतियोगितामा नौ वर्ष उमेर मुनिदेखि ५० वर्ष उमेर माथिका खेलाडीले समेत सहभागिता जनाउने…
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दशैं लक्षित सुकिला नोट असोज १३ गतेदेखि दिने भएको छ । यो साल नयाँ नोटको साँटो सुकिला नोट दिने निर्णय गरेको बैंकले १० दिनसम्म देशभरका विभिन्न केन्द्रबाट सुकिला नोट दिने निर्णय गरेको हो । बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ। साथै, बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था…
काठमाडौं । सरकारले ४२ जिल्लामा दशैँतिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सहुलियत पसल सञ्चालन गर्न लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसलमा नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानले व्यापार गर्ने सामग्रीहरू सहुलियत पसलमा राख्न भन्दै मन्त्रालयले परिपत्र गरेको छ। सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ । सबै प्रकारका दाल…
काठमाडौं । आज छैटौं कारोबार दिनमा पनि नेप्से परिसूचकमा गिरावट जारी रहेको छ । बुधबार सेयर बजार २२.७३ प्रतिशतले घटेर २६१० अंकमा झरेको छ । आजको प्रि ओपन सेसनमा एकल अंकले सूचक बढ्दा लगानीकर्तामा आशा पलाए पनि दिनभर राताम्मे बन्दा लगानीकर्ता त्रसित बनेका छन् । आज कारोबार रकममा पनि भारी निराशा छाएको छ । बजारमा छ अर्ब ८५ करोड रुपैयाँ सेयर कारोबार भएको छ। बजार घट्दा पनि फाइनान्स, निर्जीवन बीमा तथा व्यापार समूहको कम्पनीका लगानीकर्ताले मूल्य बढ्दा राहत महशुस गरे। यी समूहको अधिकांश कम्पनीको सेयरमूल्य बढेको छ। यस्तै घट्नेमा भने आज एसियन हाइड्रो, कर्पोरेट विकास बैंक अगाडि छन्। यी दुवैको…
काठमाडौं । हिंसा शब्द मर्यादित कि अमर्यादित ? भन्ने विषयलाई लिएर संसदमा सत्ता पक्षको नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदबीच भनाभन भएको छ । सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको जनयुद्धमा हिंसा भएको भन्ने शब्द अमर्यादित र संसदीय मान्यता विपरीत नभएको भन्दै रेकर्डबाट हटाउनुनपर्ने बताए पछि नेकपा माओवादी केन्द्रका सांसदहरूले यसको विरोध गरेका थिए । गत १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा सम्बोधन गर्ने क्रममा यो शब्द प्रयोग गरेपछि माओवादीले निरन्तर यो शब्द रेकर्डबाट हटाउन माग गर्दै आएको छ । तर अहिले आएर सभामुखले सो शब्द हटाउनु नपर्ने भनेपछि यो जनयुद्ध…
काठमाडौं । नेपाली काँग्रेसले पनि उपसभामुखको राजनीनामा मागेको छ । यसअघि मंगलबार प्रतिनिधि सभामा एमाले सांसदले राजीनामा मागेका थिए पनि पार्टीले पनि सो माग गर्ने निर्णय गरेको थियो । बुधबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुखले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो । बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’ उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री लक्षित फेरि अर्को प्रहार गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै बालेनले खोला किनारको बस्ती हटाउने विषयमा दोहोरो चरित्र देखाएको भन्दै अहिले अर्कै दाउ भएको बताएका छन् । उनले त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको, वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य मेयर रहेको बेला अदालतले काठमाडौंका नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनेको स्पष्ट पारेका छन् । “त्यो बेला किन पुनरावेदनमा गएनन् ?,” बालेनको प्रश्न छ, “कि भन्नुपर्यो त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्नुपर्यो अहिले हाम्रो दाउ अर्कै छ ।” यस्तो छ बालेनको…
काठमाडौं । काठमाडौंमा उपलब्ध पिउने पानीमा कोलिफर्म भेटिएको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा तीन वटा कम्पनीको जारमा दिशाजन्य पदार्थ कोलिफर्म भेटिएको हो । जानकारहरूका अनुसार मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ले विभिन्न समस्या निम्त्याउने छ । महानगरपालिकाका अनुगमन निरीक्षक डा अवधेश झाकाअनुसार विभिन्न दश कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी सङ्कलन गरी परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो। पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय…
काठमाडौं । सरकारले सरकारी निकायमा सेयर कारोबारको अनलाइन प्रणाली टिएमएस बन्द गरेको छ । सेवाग्राहीलाई सेवा दिने समयमा सरकारी कर्मचारी सेयर कारोबारमा व्यस्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनबमोजिम टिएमएस बन्द गरेको छ । विशेषगरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय समयमा आवश्यक काम छाडेर कर्मचारी सेयर कारोबारमा व्यस्त भएको भनी लिखित तथा मौखिक उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमगन गरेको थियो । आयोगको अनुमगनपछि यही भदौ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो । आयोगको निर्देशनका आधारमा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा शेयर कारोबार गर्ने प्रणाली (टिएमएस) सञ्चालन नगर्न आग्रह गरेको छ । कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार…
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका केही भेगमा बिजुली काट्ने तयारी गरेको छ । काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि बिहान साढे छ बजेदेखि ११ बजेसम्म लाइन काट्ने तयारी रहेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ । प्राधिकरणका अनुसार रत्नपार्क बगैँचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि…
काठमाडौं । सरकारले देशका सबै पालिकामा कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशका सबै पालिकामा आगामी असारसम्मको लागि कित्ताकाट खोल्ने निर्णय गरेको छ । सरकारले जग्गा वर्गीकरण नहुँदा छ सय २० पालिकामा रोकिएको कित्ताकाट खुलाएको छ । भू–उपयोग नियमावली, २०८० लाई संशोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गर्दै फेरि कित्ताकाट खुलाएको हो। मुलुकका सात सय ५३ पालिकामध्ये एक सय ३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ। पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता छ सय २० पालिकामा कित्ताकाट रोकिएको थियो । सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो ।…
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उपसभापति गुरुङमाथि छानबिन हुने बताएका छन् । सहकारी ठगीको मुद्दामा नाम जोडिएपछि मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले गुरुङमाथि निष्पक्ष छानबिन हुने बताएका छन्। उनले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरूले कुनैपनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए। थापाले शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने दाबी गरे।
