काठमाडौं खबर भदौ २८, २०८१
काठमाडौं । देशभरका सरकारी कार्यालयपछि अब अदालतमा पनि टीएमएस नचल्ने भएको छ । शुक्रबार सर्वोच्च अदालतले एक सूचना जारी गर्दै अदालतमा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने बताएको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघ, प्रदेश र स्थानीय तह मातहतका सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको थियो ।
सो सूचनाअनुसार उच्च अदालत र उच्च अदालतका इजलास, जिल्ला अदालत र निकायहरूमा सेयर कारोबार गर्न टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।