

काठमाडौं । आज छैटौं कारोबार दिनमा पनि नेप्से परिसूचकमा गिरावट जारी रहेको छ । बुधबार सेयर बजार २२.७३ प्रतिशतले घटेर २६१० अंकमा झरेको छ । आजको प्रि ओपन सेसनमा एकल अंकले सूचक बढ्दा लगानीकर्तामा आशा पलाए पनि दिनभर राताम्मे बन्दा लगानीकर्ता त्रसित बनेका छन् ।
आज कारोबार रकममा पनि भारी निराशा छाएको छ । बजारमा छ अर्ब ८५ करोड रुपैयाँ सेयर कारोबार भएको छ। बजार घट्दा पनि फाइनान्स, निर्जीवन बीमा तथा व्यापार समूहको कम्पनीका लगानीकर्ताले मूल्य बढ्दा राहत महशुस गरे। यी समूहको अधिकांश कम्पनीको सेयरमूल्य बढेको छ।
यस्तै घट्नेमा भने आज एसियन हाइड्रो, कर्पोरेट विकास बैंक अगाडि छन्। यी दुवैको क्रमश ६.८८ र ५.२६ प्रतिशतले मूल्य घटेको हो ।