काठमाडौं । नेपाली काँग्रेसले पनि उपसभामुखको राजनीनामा मागेको छ । यसअघि मंगलबार प्रतिनिधि सभामा एमाले सांसदले राजीनामा मागेका थिए पनि पार्टीले पनि सो माग गर्ने निर्णय गरेको थियो ।
बुधबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुखले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो । बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकालेको छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’
उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् ।