काठमाडौं खबर भदौ २८, २०८१
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले उत्कृष्ट पुरूष खेलाडीको अवार्ड जितेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड उनले जितेका हुन् ।
२०८० मा रोहितको कप्तानीमा नेपालले १० वर्षपछि एसिया कप खेलेकोले सो अवार्ड जितेको हो । उनको कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो ।
उनले मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पारे।