काठमाडौं खबर भदौ २५, २०८१
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उपसभापति गुरुङमाथि छानबिन हुने बताएका छन् । सहकारी ठगीको मुद्दामा नाम जोडिएपछि मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले गुरुङमाथि निष्पक्ष छानबिन हुने बताएका छन्।
उनले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरूले कुनैपनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए।
थापाले शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने दाबी गरे।