काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा आज भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो । उक्त प्रतियोगितामा पुलिस क्लब अपराजित रह्यो । पुलिस क्लबले पहिलो सेट २५–१६ अङ्कले जितेको थियो । दोस्रो सेट पनि उसले २५–२२ अङ्कले जितेको थियो । तेस्रो सेटमा २५–२३ अङ्कको जित निकाल्दै पुलिस क्लबले उपाधि हात पारेको हो । यसअघि पुलिस क्लबले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई नै ३–० सोझो सेटमा पराजित गरेको थियो । यस्तै अन्य खेलमा पुलिस क्लबले श्रीलङ्काको श्रीलङ्का एयर फोर्स र ताजकिस्तानको…
Author: Kathmandu Khabar
काठमाडौं । मीनबहादुर भाम निर्देशित चलचित्र शाम्बाला अस्कर अवार्डका लागि आधिकारिक सिफारिस भएको छ । यसअघि नै अस्करका लागि सिफारिस गर्ने भनिए पनि अहिले आधिकारिक रूपमा सिफारिस भएको विज्ञप्ति अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले जारी गरेको छ । आवेदन दिनका लागि जारी गरिएको समयभित्र ‘शाम्बाला’ले मात्र आवेदन दिएको र अस्करका सबै मापदण्ड यो फिल्मबाट पुग्ने जनाइएको छ । ९७ औं अस्कर अवार्ड आगामी मार्च ३, २०२५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ । उता नेपालमा पनि शाम्बलाले राम्रो कमाई गरेको छ । प्रदर्शनरत चलचित्र ‘साम्बाला’ले एक हप्तामा करिब डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको…
काठमाडौं । सरकारले घटस्थापनाअघि नै सडक मर्मत गरिसक्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । बैठकले बीपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम्…
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ वटा वडालाई बालश्रम मुक्त घोषणा गरिएको छ । शनिबार वडा नं १० लाई पनि बालश्रम मुक्त घोषणा गरेसँगै यसको संख्या ८ पुगेको हो । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७ चेकपोष्ट , वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई ‘बालश्रममुक्त वडा’ घोषणा भइसकेको नगरपालिकाले जनाएको छ । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि…
नयाँ दिल्ली : दिल्लीमा आम आदमी पार्टीले फेरि सरकार बनाएको छ । दिल्लीमा आम आदमी पार्टीकी नेतृ आतिशीले मुख्यमन्त्रीको सपथ लिएकी हुन् । योसँगै अब दिल्लीमा आतिशी सरकार सत्तामा आएको छ । राजभवनमा आयोजित कार्यक्रममा अतिशीसँगै पाँच मन्त्रीले पनि सपथ लिएका थिए । मन्त्री बन्नेमा सौरभ भारद्वाज, कैलाश गहलोत, गोपाल राई, इमरान हुसेन र मुकेश अहलावत रहेका छन् । दिल्लीको तेस्रो महिला मुख्यमन्त्री आम आदमी पार्टीकी नेतृ आतिशीले शनिबार दिल्लीको छैटौं मुख्यमन्त्रीको रूपमा शपथ लिइन् । लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले अतिशीसहित ५ मन्त्रीलाई सपथ गराएका हुन् । भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षितपछि आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी…
काठमाडौं । प्रहरीको तथ्यांकअनुसार काठमाडौंको बौद्ध, गौशालालगायतका स्थानमा धेरै मोटरसाइकल चोरी हुने गरेको भेटिएको छ । ट्राफिक प्रहरीमा परेको उजुरीको आधारमा महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, बौद्ध परिसर लगायतका क्षेत्र सबैभन्दा हटस्पटको रूपमा रहेको देखिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको अध्ययन अनुसार बौद्ध, महाराजगञ्ज, गौशाला, काँडाघारी,बालाजु र स्वयम्भू क्षेत्र मोटरसाइकल चोरी हुने ‘हट स्पट’ हुन् । चोरीमा संलग्नहरूले लक तोड्ने ‘टी’आकारको साँचो बनाएर चोर्ने गरेका छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरमा साउन महिनाभर कोटिहोम आयोजना गरिएको थियो । सो अवधिमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रबाट धेरै मोटरसाइकल र स्कुटर हराए । भिडभाड हुने समयबाहेक पनि गौशाला क्षेत्र मोटरसाइकल चोरीको ‘हट स्पट’मा…
काठमाडौं । आज काठमाडौंका केही भागमा दिउँसो भारी वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। काठमाडौंसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आजा दिउँसो भारी वर्षाको पनि सम्भावना छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए । यस वर्षको नवरात्र अर्थात् दशैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झण्डा फर्ने (पश्चिम मोहडा) ९:१४ बजे, असोज २२ गते मङ्गलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा…
काठमाडौं । संसद् सचिवालयले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सचिवालयले आफ्नो वेभसाइटमा सो प्रतिवेदन सार्वजनिक गरेको हो । एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ । यस्तो छ छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ
काठमाडौं । काठमाडौं टोखाको पन्चेटार र ललितपुरको छम्पीमा पुरुष मृत भेटिएका छन् । शुक्रबार दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएको उपत्यका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा टोखा नगरपालिका–३ पन्चेटारका ६२ वर्षीय शोबिलाल श्रेष्ठ रहेका छन् । त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका–९ चुनिखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएका हुन् । श्रेष्ठ पनि पन्चेटारको कुलोमा नै बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ । दुवै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
काठमाडौं । सर्वसाधारणका लागि केही समयको लागि नि:शुल्क गरिएको धरहरामा सर्वसाधारणको थामिनसक्नुको भीड देखिएको छ । बिहीबार संविधान दिवसको दिनदेखि खुला गरिएको धरहरामा थामिनसक्नुको भिड देखिएको हो । बिहीबार पहिलो दिन नै बुकिङ गर्नेहरूको भिडले आइतबारसम्मको टिकट प्याक भइसकेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । सरकारले प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ । एक पटकमा ५० जनाको दरमा प्रवेश दिने गरेको धरहरा चढ्न चाहने सर्वसाधारणको संख्या बढ्दै गएको हो । विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो…
काठमाडौं । गत सेप्टेम्बर १ तारिखदेखि चलिरहेको एन्फा महिला लिग २०२४ मा पर्यटक भिसामा आएर विदेशी खेलाडीहरूले श्रम स्वीकृतिविना नै खेल खेलिरहेको भेटिएको छ । १० टिम सहभागी सो लिगमा तीन वटा क्लबका खेलाडीहरूले पर्यटक भिसामा आएर श्रम स्वीकृति नलिई खेल खेलिरहेको भेटिएको हो । श्रम ऐन २०७५ को (२३) मा विदेशी नागरिकले नेपालमा काम गर्न अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । भने श्रम नियमावलीले २०७५ को १५ मा श्रम इजाजत नलिई वा अभिलेख नराखी कुनै प्रतिष्ठानमा काम गरेको पाइएमा विभागले त्यस्तो विदेशी नागरिकलाई तुरुन्त कामबाट हटाउन सम्बन्धित रोजगारदातालाई आदेश दिनेछ भन्ने व्यवस्था रहेको छ । सो विषयमा…
काठमाडौं । काठमाडौंमा आजदेखि एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला सुरु हुँदैछ । ३० वर्षअघि नेपालमा नै भएको यो कन्फ्रेन्समा सबै देशका सरकारी निकायहरू सहभागी हुने भएका छन् । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्सिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ । सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायको आ-आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए । यसपटक सम्मेलनमा नवप्रवर्तनका विषयलाई प्राथमिकतामा राखिएको उनले बताए…
काठमाडौं । काठमाडौंमा दशैंको घटस्थापनाअघि नै मेलम्चीको पानी आउने भएको छ । बर्खामा सम्भावित जोखिम कम गर्न बन्द गरिएको पानी घटस्थापनाअघि नै वितरण गर्ने तयारी गरिएको सरकारले जनाएको छ। दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । बर्खायाम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौं उपत्यकामा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्री सचिवालयका अनुसार ओली बिहान ११ बजे कतार एयरलाइन्सबाट अमेरिका जान लागेका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेका ओलीले यही असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नेछन्। साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा…
काठमाडौं । काठमाडौंको दरबारमार्गमा संविधान दिवसको दिन आयोजना गरिएको कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि हातपात भएको छ । बिहीबार अपराह्न ४ बजेतिर बालेनको पक्षमा नारा लगाएलगत्तै अर्को युवाको समूहले एक युवामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । अपराह्न ४ बजेबाट शुरू भएको नेसनल डे कन्सर्टमा सहभागी ती युवाले बालेनको नाम लिएर नारा लगाएका थिए । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँच जनाको समूह ती युवामाथि जाइलागेपछि रोक्ने प्रयास भएको थियो । कुटपिटलगत्तै ती युवाहरू त्यहाँबाट भागेका थिए । पछिल्लो…
काठमाडौं । फिफाले नयाँ बरीयताक्रम सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको नयाँ बरीयताक्रमअनुसार नेपाल एक स्थान तल खस्किएको छ । नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १२६औँ स्थानमा छ । एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा छ । भारत दुई स्थान घटुवामा परेको हो । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । चौथो स्थानको भुटान १८४औँ स्थानमा, पाँचौँ स्थानको बंगलादेश १८६औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान १९७औँ स्थानमा र सातौँ स्थानको श्रीलंका २००औँ स्थानमा छ । वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना रहेको छ ।
काठमाडौं । सुन्धारामा रहेको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहरा आजदेखि सर्वसाधारणको लागि खुला गरिएको हो । यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो । सोहीअनुसार तत्कालका लागि निःशुल्क रुपमा धरहरामा प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । दुई वर्षमा सक्ने गरी २०७५ साल कार्तिकमा धरहरा पुननिर्माणको काम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरी सुरु भएको थियो। आधुनिक शैलीमा निर्माण भएको धरहराका लागि जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक,…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको रास्वपाको राष्ट्रिय भेलामा सभापति रविले राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टीको नीति एवं भावी कार्ययोजनाको बारेमा प्रतिवेदन पेश गरेका छन् । २० पृष्ठको प्रतिवेदनमा उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशसभाको खारेजी, स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिनेलगायतका प्रस्ताव उल्लेख गरेका छन् । यस्तै, लामिछानेले ७५३ वटा स्थानीय तहलाई घटाएर ५०० मा झार्नुपर्ने पनि उल्लेख गरेका छन् । भद्रगोल प्रतिवेदन : आफैँमा कुरा काटियो पार्टीको भावी कार्यनीति तयार पारेको सो प्रतिवेदन आफैँमा विवादास्पद रहेको…
काठमाडौं । आज संविधान दिवस मनाइँदैछ छ । संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको अवसरममा हरेक असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । आजै साँझै राष्ट्रपति पौडेलले राप भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ ।…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ । रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गरेका छन् । रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो ।
काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्किएको छ । गएराति ८ बजे मध्यपुरथिमि –५ का वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाएर कमिनायबाट ४० किलोको भ्वयः अर्थात् महादीप बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिर यात्रा गरेका थिए । श्रेष्ठले जिब्रो छेडाएर थिमिबाट यात्रा गर्नुभई निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडिको सडक,…
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो । क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।
काठमाडौं । भुटानपछि ताईवान(चाइनिज ताइपाई) ले पनि एन्फा उपाध्यक्ष दावा लामालाई भिसा दिन इन्कार गरेको छ । ताईवानमा आयोजना हुने एएफसी यू२० च्याम्पियनसिपमा सहभागी हुने नेपालको युवा २० वर्ष मुनि टोलीको हेडअफ डेलिगेसनको रुपमा त्यसतर्फ जान एन्फाले भिसा आवेदन गरेको थियो । लामालाई खेलकुदको सर्वोच्च संस्था राष्टिय खेलकुद परिषद्ले लागु औषध मुमा दोषी देखिएपछि खेलकुद ऐनअनुसार कारवाही गर्न एन्फालाई पटकपटक निर्देशन दिँदा पनि एन्फाले संरक्षण गर्दै आइरहेको छ । लागु औषध मुद्दामा दोषी देखिएपछि एशियाली फुटबल महासंघले एन्फा उपाध्यक्ष लामालाई सामाजिक उत्तरदायित्व समितिको सदस्यबाट पनि हटाएको थियो । उक्त समितिबाट दावा लामालाई हटाएर एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गलाई सहसंयोजक तोकेको…
काठमाडौं । दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको थियो । अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनमा दोषी ठहरिएका रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही हुने बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिब ६५ करोड ठगी गरेको पनि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको भन्दै उनीमाथि कारबाही हुने बताएका छन् । सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले स्पष्ट देखाएको उनको दाबी थियो । कार्यक्रममा उनले भने, ‘सहकारी कानूनमा दफा १२२ ले के भन्छ भने सहकारीमा ठग्ने मानिसहरु दुई खालका छन्। एउटा आफैँ सहकारीमा बस्छ। सहकारीलाई ठग्छ। एउटा आफू…
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेको विषयमा सत्यतथ्य विषय बाहिर ल्याएकोमा धन्यवाद ज्ञापन गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १०० दिने विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले रवि यत्तिको मान्छे छन् भन्ने आफूलाई थाहै नभएको बताए । कार्यक्रममा बोल्दै सहकारीको रकम अपचलनको विषय महामन्त्री गगन थापाले उठान गरेको भन्दै उनलाई धन्यवाद दिए । उनले भने ‘उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परें कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’ उनले संसदीय छानबिन विशेष समिति…
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किंग सिटी मैदानमा हुने उक्त खेल नेपाली समयानुसार आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आजको खेलमा नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ । यस शृङ्खलाअन्तर्गत नेपालले क्यानडासँग अर्काे खेल यही असोज ६ गते खेल्ने छ भने ८ गते ओमानसँग खेल्नेछ । यस त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र आयोजक क्यानडा सहभागी छन् । एकदिवसीय त्रिकोणात्मक शृङ्खला यही असोज १० गतेसम्म सञ्चालन…
पाटन – साझा प्रकाशनले विशेष छुटमा पुस्तक दिने गरी पुस्तक प्रदर्शनी सुरु गरेको छ । ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ प्रकाशनबाट छापिएका पुस्तकलाई विशेष छुट दिने गरी प्रदर्शनी गरिएको साझाले जनाएको छ । मंगलबार प्रदर्शनीको उद्घाटन प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले गरेका हुन् । प्रदर्शनीको उद्घाटन पश्चात् डा भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्याउने बताए। ‘विद्यालय, महाविद्यालय, क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो हुन्छ, यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पुर्याउँछ,’ उनले भने। साझा प्रकाशनका अध्यक्ष डा विजय सुब्बाले लामो समयसम्म बजारका पसलमा आँखा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार सामाजिक सञ्जाल एक्समा जन्मदिनको शुभकामना दिए । शुभकामना दिँदै ओलीले भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, खुशी र निरन्तर सफलताको कामना गरेका छन् । ‘वर्षभरि सुस्वास्थ्य, खुशीसँगै तपाईँको नेतृत्वको निरन्तर सफलताको कामना गर्दछु । तपाईँले धेरैलाई प्रेरित गर्न सक्नु हुनेछ भन्ने कामना गर्दछु,’ उनले एक्समा लेखेका छन् । ओलीको सो पोस्टमा मोदीले पनि रिट्वीट गर्दै धन्यवादका साथमा दुई देशीय सहकार्य र समभावको लागि आग्रह गरेका छन् । यी त भए मोदी र ओलीका सार्वजनिक भएका सम्बन्ध । बाहिर देखाउने सम्बन्ध जस्तो भए पनि पटकपटकको व्यवहारबाट प्रधानमन्त्री ओलीसँग भारत अझै पनि…
