काठमाडौं खबर अशोज ५, २०८१
नयाँ दिल्ली : दिल्लीमा आम आदमी पार्टीले फेरि सरकार बनाएको छ । दिल्लीमा आम आदमी पार्टीकी नेतृ आतिशीले मुख्यमन्त्रीको सपथ लिएकी हुन् । योसँगै अब दिल्लीमा आतिशी सरकार सत्तामा आएको छ । राजभवनमा आयोजित कार्यक्रममा अतिशीसँगै पाँच मन्त्रीले पनि सपथ लिएका थिए । मन्त्री बन्नेमा सौरभ भारद्वाज, कैलाश गहलोत, गोपाल राई, इमरान हुसेन र मुकेश अहलावत रहेका छन् ।
दिल्लीको तेस्रो महिला मुख्यमन्त्री
आम आदमी पार्टीकी नेतृ आतिशीले शनिबार दिल्लीको छैटौं मुख्यमन्त्रीको रूपमा शपथ लिइन् । लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले अतिशीसहित ५ मन्त्रीलाई सपथ गराएका हुन् । भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षितपछि आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी छन् । केजरीवालको राजीनामापछि आतिशी विधायक दलको नेता चुनिएकी थिइन् । यसअघि कालकाजी सीटका विधायक आतिशीले दिल्ली सरकारका धेरै विभागहरूको जिम्मेवारी सम्हालिसकेकी छन्।
सदनमा बहुमत प्रमाणित गर्ने प्रयास
पार्टी नेताहरूले सेप्टेम्बर २७-२७ मा बोलाइएको विशेष सत्रमा ७० सदस्यीय विधानसभामा आफ्नो सरकारको बहुमत प्रमाणित गर्नेछन् । यसअघि मंगलबार साँझ अतिशी केजरीवालसँग राजनिवासमा उपराज्यपाललाई भेट्न गएकी थिइन् । त्यहाँ उनले राजीनामा दिएर सरकार गठनको दाबी गरेका थिए । यसपछि लेफ्टिनेन्ट गभर्नरले २१ सेप्टेम्बरलाई सपथ ग्रहणको मिति प्रस्ताव गरेका थिए ।