काठमाडौं खबर अशोज ४, २०८१
काठमाडौं । सर्वसाधारणका लागि केही समयको लागि नि:शुल्क गरिएको धरहरामा सर्वसाधारणको थामिनसक्नुको भीड देखिएको छ । बिहीबार संविधान दिवसको दिनदेखि खुला गरिएको धरहरामा थामिनसक्नुको भिड देखिएको हो । बिहीबार पहिलो दिन नै बुकिङ गर्नेहरूको भिडले आइतबारसम्मको टिकट प्याक भइसकेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
सरकारले प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ । एक पटकमा ५० जनाको दरमा प्रवेश दिने गरेको धरहरा चढ्न चाहने सर्वसाधारणको संख्या बढ्दै गएको हो । विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको छ ।