काठमाडौं खबर अशोज ३, २०८१
काठमाडौं । फिफाले नयाँ बरीयताक्रम सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको नयाँ बरीयताक्रमअनुसार नेपाल एक स्थान तल खस्किएको छ । नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो ।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १२६औँ स्थानमा छ । एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा छ । भारत दुई स्थान घटुवामा परेको हो । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । चौथो स्थानको भुटान १८४औँ स्थानमा, पाँचौँ स्थानको बंगलादेश १८६औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान १९७औँ स्थानमा र सातौँ स्थानको श्रीलंका २००औँ स्थानमा छ ।
वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना रहेको छ ।