काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोले काठमाडौं उपत्यकामा ५५ वर्ष पुरानो रेकर्ड ब्रेक गरेको छ । मौसम विभागका अनुसार काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । विभागका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ । उता सुनकोशी र रोशीमा सत्तरी वर्षपछि भयानक बाढी आएको छ । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की…
Author: Kathmandu Khabar
काठमाडौं । मौसम विभागले वर्षा अझै नसकिएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेको छ । आइतबार बिहानैदेखि मौसम सफा भए पनि वर्षा नसकिएको भन्दै सचेत रहन विभागले आग्रह गरेको हो । बिहान ८:२४ बजे सूचना जारी गरी महाशाखाले अबका ३ दिन ठूलो वर्षाको सम्भावना कम रहेको जानकारी दिएको हो। तर पनि वर्षा भने जारी नै रहने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो। महाशाखाले जारी गरेको सूचनामा भनिएको छ- विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना छ। आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ। तर, आगामी २४ घण्टाका लागि कोसी, बागमती र लुम्बिनी प्रदेशका…
काठमाडौं । सरकार हुँदाहुँदै प्रतिपक्षीले छुट्टै सर्वदलीय बैठक बोलाएको भन्दै आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक स्थगित गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार उनले बिहान १० बजे बोलाएको बैठक स्थगित भएको हो । ‘नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।
काठमाडौं । सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ । आजदेखि लागू हुने गरी तीन दिन देशभरका स्थानीय तहलाई बिदा दिन आग्रह गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी गराएका थिए । उनले बाढी पहिरोमा परेकालाई विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपरेकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको बताए । देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा…
काठमाडौं । राष्ट्रिय विपद्को समयमा पनि सरकार र विपक्षी दलले छुट्टाछुट्टै सर्वदलीय बैठक बोलाएका छन्। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । सरकारले बोलाएपछि नै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ‘प्रचण्ड’ले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान…
काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभर ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । गृह मन्त्रालयले संकलन गरेको देशभरको विवरणअनुसार ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । त्यस्तै दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ…
काठमाडौँ । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ । मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी छ । बाढी पहिरोमा परी काठमाडौँको दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ । यस्तै…
मकवानपुर । सिस्नेरीको एन्फा फुटबल एकेडेमीका बेपत्ता पाँच विद्यार्थीमध्ये तीनको शव भेटिएको छ । एन्फा एकेडेमीबाट सुरक्षितस्थान लैजाने क्रममा पहिरोमा परी बेपत्ता भएकामध्ये तीनको शव भेटिएको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरूको पहिचान हुन सकेको छैन । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए । यसैबीच, इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् । यो पनि हेर्नुहोस् फिजिबिलिटी स्टडी नगरी एकेडेमी बनाउँदाको असर, सिस्नेरीमा पाँच खेलाडी पहिरोमा परी बेपत्ता
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण काठमाडौं उपत्यकामै समेत ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयहरूका अनुसार दिउँसो साढे २ बजेसम्म मात्रै ३० जनाको ज्यान गएको छ । शनिबार दिउँसो साढे १ बजेसम्म १६ जनाको मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार, जिल्लाका विभिन्न स्थानबाट ११ जना बेपत्ता भइरहेको छन् । उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको उनले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँमा बाढी पहिरोमा परेर नौ जनाको ज्यान गएको छ भने छ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ५ जना…
काठमाडौं । मकवानपुरको सिस्नेरीमा रहेको वत्सलादेवी एन्फा फुटबल एकेडेमीमा रहेका पाँच खेलाडीहरू पहिरोमा परी बेपत्ता भएका छन् । अविरल वर्षापछि शनिबार कुलेखानी खोलामा गएको पहिरोले सो एकेडेमीका खेलाडीलाई असर गर्ने भएपछि सुरक्षित स्थानमा लैजाने क्रममा पहिरोमा परी पाँच खेलाडी बेपत्ता भएको एकेडेमीका सञ्चालक समिति सचिव छवि सुवेदीले जानकारी दिए । उनका अनुसार भौगोलिक विकटताका कारण सो क्षेत्रमा जेसीबीले पहिरो पन्छाउन पनि सम्भव नभएकोले सुरक्षा निकाय र स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ । सुवेदीका अनुसार एकेडेमीमा एन्फाबाट निर्णय गरेर पठाइएका ३० सहित एकेडेमी सञ्चालक समितिले शुल्क लिने गरी निर्णय गरेर पठाएका सात सहित कुल ३७ जना खेलाडीहरू रहेका थिए…
काठमाडौँ । नेकपा एमालेको पार्टी मुख्यालय डुबानमा परेको छ । ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालय मनोहरा खोलामा आएको बाढीले डुबाएको हो । मनोहरा तथा बागमती नदीमा आएको बाढीले पार्टी कार्यालयसँगै एन्फा खेल मैदानसमेत डुबानमा परेको छ। भारी वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव अत्यधिक बढेको छ।
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीले च्यासलमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो । प्रत्यक्षदर्शीले ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् । त्यस्तै, काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ । काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो ।
काठमाडौँ । ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ । विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ । त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ । उपत्यकाका सबैजसो खोला…
बागमती । पानी ओभर फ्लो भएर ड्याममाथिबाट पानी बग्न थालेपछि कुलेखानी जलविद्युत आयोजनाको ड्यामको ढोका खोलिएको छ । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए । ‘जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो’, उनले भने । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको हो । कुलेखानीको…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा अति भारी वर्षा हुने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेको छ । आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले…
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले काठमाडौं जोड्ने मुख्य सडकमा अवरोध भएको छ । वर्षाका कारण नौबिसे काठमाडौं जोड्ने त्रिभुवन राजपथअन्तर्गत खत्री पौवा भन्ने ठाउँमा गएको पहिरोले सो बाटो अवरुद्ध भएको छ । सुरुङमार्गको मुखको ठीक अगाडि पहिरो गएको हो । शुक्रबार (आज) बिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले…
काठमाडौं । काठमाडौंका सबै नदीमा जलसतहले सतर्कताको तह पार गरेको छ । मौसम विज्ञान विभागका अनुसार काठमाडौंको वाग्मती, विष्णुमति लगायतका सबै नदीमा जलसतहले सतर्कता तह पार गरेको विभागको भनाइ छ । विभागको जल सतह मापन केन्द्रका अनुसार वाग्मतीले गौरीघाट र खोकनामा जल सतह पार गरेको छ । त्यस्तै, विष्णुमति नदीले गोंगबु बसपार्कमा जलसतह पार गरेको छ । यसबाहेक बल्खुखोला, मनोहरा लगायतले पनि दिउँसो साढे २ बजे जल सतह पार गरेको विभागले जनाएको छ ।
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले थप १५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । बिहीबार बसेको अदालतको बैठकले सो उपाधि दिएको हो । अवकाश पाउनुअघि वरिष्ठ अधिवक्ताको विवाद टुङ्गो लगाउने प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आफ्नै कार्यकालमा उपाधि टुङ्गो लगाएका हुन् । वरिष्ठ अधिवक्ताहरुको सूची यस्तो छ
काठमाडौं । काठमाडौंमा ‘डा. गौरीशंकर लाल दास मार्ग’को अनावरण गरिएको छ । बिहीबार काठमाडौं महानगरपालिका वडा नं ७ ले चाबहिलमा आयोजना गरेको एक कार्यक्रमकाबीच नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सो सडकको अनावरण गरेका हुन् । दिव्य शताब्दी पुरुष दास जन्म शताब्दी वर्ष २०८० मूल समारोह समितिको सहकार्यमा निर्माण गरिएको सो मार्गले दासको योगदानलाई सो क्षेत्रका भावी पुस्ताले समेत स्मरण गर्न सक्ने कार्यक्रममा बोल्ने वक्ताहरूको धारणा थियो । दासको १०१ औं जन्मदिनको उपलक्ष्यमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि गगन थापासहित सहभागीले उनको जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । दास नेपालको चिकित्सा सेवा, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय…
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार उनी आगामी साता भुटान जान लागेका हुन् । सचिवालयले संक्षिप्त सूचना जारी गर्दै आगामी साता भुटान जाने भने पनि कति समयको लागि र किन जान लागेको भन्ने भने उल्लेख गरिएको छैन । ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले सो सूचना जारी गरेका हुन् ।
काठमाडौं । आज विश्वभर ४५औं विश्व पर्यटन दिवस मनाइँदैछ । सबैका लागि पर्यटनः पहुचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । यही उपलक्ष्यमा आज बुढानीलकण्ठ नगरपालिकाको वडा नं ३ मा पर्ने बुढानीलकण्ठ मन्दिर छेउमा सडक महोत्सव कार्यक्रम आयोजना गरिएको छ । बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ पर्यटन बोर्डको आयोजनामा आयोजित सो कार्यक्रम दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम फुड स्टललगायत रहने आयोजकले जनाएको छ ।
काठमाडौं । साधारणतया बदलीदेखि पूर्ण बदली हुँदा देशभर पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा आज भारी वर्षाको पनि सम्भावना रहेको छ । तर सामान्य वर्षा भने सबै प्रदेशमा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा …
न्यूयोर्क । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले अन्ततः शेख हसिनाविरुद्धको आन्दोलन स्वस्फूर्त नभएको स्वीकार गरेका छन्। संयुक्त राष्ट्र संघको महासभाको बैठकमा सहभागी हुन आएका मोहम्मद युनुसले न्यूयोर्कमा आयोजित एक कार्यक्रममा शेख हसिनाविरुद्ध सुरु भएको आन्दोलनको वास्तविक सूत्रधारबारे बताए । मोहम्मद युनुसले उक्त व्यक्तिलाई आफ्नो विशेष सहायक बनाएका छन् । मंगलबार, जब मोहम्मद युनुस न्यूयोर्कमा क्लिन्टन ग्लोबल इनिसिएटिभमा बोल्दै थिए, उनीसँग पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन पनि थिए। यस क्रममा युनुसले शेख हसिनाको सरकारलाई ध्वस्त पार्ने आन्दोलनको पछाडिको वास्तविक मस्तिष्कबारे बताए । महफुज युनुसका सहायक आफ्नो विशेष सहायक महफुज आलमको परिचय दिँदै मोहम्मद युनुसले भने, ‘उनी अरू युवाजस्तै देखिन्छन्,…
काठमाडौं । झोलुङ्गे पुल बनेसँगै नारायणीवारिसँग सुस्ताको सीधा सम्पर्क सुरु भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको करिब डेढ किलोमिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा बनेको मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाथ आचार्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो । भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले…
काठमाडौं । आज साताको अन्तिम दिन सेयरबजारको परिसूचक नेप्से ओरालो लागेको छ । बुधबार केही बढेर सकारात्मक सन्देश दिएको सेयर बजारमा हरियाली एक दिन पनि टिक्न सकेन । आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ । कुल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर रु चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । नेप्सेका अनुसार…
काठमाडौं । नेपाल प्रहरीले ललितपुरको भैँसेपाटीकी प्रहरी प्रमुख निरीक्षक (इस्पेक्टर) बिनु कुमारी शाहीलाई निलम्बन गरेको छ । एक व्यक्तिलाई पैसा नदिए बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेको प्रमाणित भएपछि उनलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ । उनीसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बुधबार उनलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रमुख प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । घटनाको अनुसन्धानका लागि ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा ५ सदस्यीय समिति बनाइएको छ। समितिको प्रतिवेदनपछि थप कारबाही गर्ने वा सफाइ दिने भन्ने निर्णय हुनेछ।
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचन गर्नेगरी समय तालिका सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक भएको समयतालिका अनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ। सोहीदिन दिउँसो ३ बजेदेखि ४ गते साँझ ५ बजेसम्म मनोनयमपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय गरेर साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकतृको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुने प्रवक्ता नारायणप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो छ समय तालिकासहितको विज्ञप्ति :
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कानुनविपरीत खेलाडी राखेको विषयमा अखिल नेपाल फुटबल संघ एन्फासँग स्पष्टीकरण सोधेको छ । बुधबार विभागले पत्र लेख्दै हेलो सरकारमार्फत् विदेशी खेलाडीले गैरकानुनी रूपमा काम गरिरहेको भन्ने उजुरी आएकोले के भएको हो सोको विषयमा यथाशीघ्र स्पष्ट पारी पठाउन भनिएको छ । गत सेप्टेम्बर १ तारिखदेखि चलिरहेको एन्फा महिला लिग २०२४ मा पर्यटक भिसामा आएर विदेशी खेलाडीहरूले श्रम स्वीकृतिविना नै खेल खेलिरहेको भन्दै हेलो सरकारमा उजुरी परेको थियो । १० टिम सहभागी सो लिगमा संकटा, वालिङ नगरपालिका र बागमती युवा क्लबका खेलाडीहरूले पर्यटक भिसामा आएर श्रम स्वीकृति नलिई खेल खेलिरहेको भन्दै गोरखा जिल्ला खेलकुद संघका…
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिले तीन जनालाई अन्तर्वार्तामा बोलाएको छ । बिहीबार एक सूचना जारी गर्दै असोज १८ गते बिहीबार अर्थमन्त्रालयमा अन्तर्वार्ताको लागि उपस्थित हुन भनिएको छ। बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस समितिले संक्षिप्त सूचीमा समावेश भएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई अन्तरवार्ताका साथसाथै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लागि समेत बोलाइएको हो । केही महिनाअघि अन्तर्वार्ताको लागि बोलाइएकोमा तीन जना अन्तर्वार्ताका लागि उपस्थित नभएपछि अध्यक्ष नियुक्ति गर्न नसक्दा बोर्ड लामो समयदेखि नेतृत्वविहीन छ ।
काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बुधबार नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गरेको थियो ।जीतसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । अब समूह ए को विजेता भारतसँग नेपालले सेमिफाइनल खेल खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेलमा पकिस्तान र बाङ्लादेशबीच प्रतिस्पर्धा हुनेछ…
