काठमाडौं खबर अशोज ११, २०८१
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार उनी आगामी साता भुटान जान लागेका हुन् ।
सचिवालयले संक्षिप्त सूचना जारी गर्दै आगामी साता भुटान जाने भने पनि कति समयको लागि र किन जान लागेको भन्ने भने उल्लेख गरिएको छैन ।
ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले सो सूचना जारी गरेका हुन् ।