काठमाडौं खबर अशोज १०, २०८१
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचन गर्नेगरी समय तालिका सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक भएको समयतालिका अनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।
उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ। सोहीदिन दिउँसो ३ बजेदेखि ४ गते साँझ ५ बजेसम्म मनोनयमपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय गरेर साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकतृको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुने प्रवक्ता नारायणप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ समय तालिकासहितको विज्ञप्ति :