काठमाडौं खबर अशोज १३, २०८१
काठमाडौं । सरकार हुँदाहुँदै प्रतिपक्षीले छुट्टै सर्वदलीय बैठक बोलाएको भन्दै आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठक स्थगित गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार उनले बिहान १० बजे बोलाएको बैठक स्थगित भएको हो ।
‘नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।