![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिले तीन जनालाई अन्तर्वार्तामा बोलाएको छ । बिहीबार एक सूचना जारी गर्दै असोज १८ गते बिहीबार अर्थमन्त्रालयमा अन्तर्वार्ताको लागि उपस्थित हुन भनिएको छ।
बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस समितिले संक्षिप्त सूचीमा समावेश भएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई अन्तरवार्ताका साथसाथै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लागि समेत बोलाइएको हो ।
केही महिनाअघि अन्तर्वार्ताको लागि बोलाइएकोमा तीन जना अन्तर्वार्ताका लागि उपस्थित नभएपछि अध्यक्ष नियुक्ति गर्न नसक्दा बोर्ड लामो समयदेखि नेतृत्वविहीन छ ।