काठमाडौं खबर अशोज १२, २०८१
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीले च्यासलमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।
प्रत्यक्षदर्शीले ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।
त्यस्तै, काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ । काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो ।