काठमाडौं खबर अशोज ११, २०८१
काठमाडौं । काठमाडौंका सबै नदीमा जलसतहले सतर्कताको तह पार गरेको छ । मौसम विज्ञान विभागका अनुसार काठमाडौंको वाग्मती, विष्णुमति लगायतका सबै नदीमा जलसतहले सतर्कता तह पार गरेको विभागको भनाइ छ ।
विभागको जल सतह मापन केन्द्रका अनुसार वाग्मतीले गौरीघाट र खोकनामा जल सतह पार गरेको छ । त्यस्तै, विष्णुमति नदीले गोंगबु बसपार्कमा जलसतह पार गरेको छ ।
यसबाहेक बल्खुखोला, मनोहरा लगायतले पनि दिउँसो साढे २ बजे जल सतह पार गरेको विभागले जनाएको छ ।