काठमाडौं खबर अशोज १०, २०८१
काठमाडौं । नेपाल प्रहरीले ललितपुरको भैँसेपाटीकी प्रहरी प्रमुख निरीक्षक (इस्पेक्टर) बिनु कुमारी शाहीलाई निलम्बन गरेको छ । एक व्यक्तिलाई पैसा नदिए बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेको प्रमाणित भएपछि उनलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ । उनीसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बुधबार उनलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रमुख प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । घटनाको अनुसन्धानका लागि ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा ५ सदस्यीय समिति बनाइएको छ।
समितिको प्रतिवेदनपछि थप कारबाही गर्ने वा सफाइ दिने भन्ने निर्णय हुनेछ।