

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपालका लागि पोलिसी म्यानेजरका लागि आवेदन आह्वान गरेको छ । नेपाल सरकारले टिकटकमाथि १० महिना प्रतिबन्ध लगाएर फुकुवा गरेको पृष्ठभूमिमा टिकटकले नेपाल सरकारसँग सम्बन्ध स्थापित गर्न सक्ने गरी नेपालीभाषी नीति व्यवस्थापक नियुक्त गर्न लागेको हो।
सो पदका लागि नेपाली र अँग्रेजी भाषामा दख्खल राख्ने र व्यावसायिक लेखन गर्न सक्ने व्यक्तिसँग आवेदन माग गरेको हो । आवेदन दिनेले राजनीति विज्ञान, अन्तर्राष्ट्रिय मामिला, सरकार, सार्वजनिक मामिला, सम्बन्धित क्षेत्र वा बराबर व्यावहारिक अनुभवमा उन्नत डिग्री, एक वैश्विक टेक्नोलोजी कम्पनी वा अन्तर्राष्ट्रिय संगठनमा काम गर्ने अघिल्लो अनुभव, अघिल्लो वकालत अनुभव, सार्वजनिक नीतिको व्यापारिक प्रभावहरूको विश्लेषण र सञ्चार गर्ने क्षमता आवश्यक रहेको टिकटकले जनाएको छ ।