काठमाडौं खबर भदौ २१, २०८१
काठमाडौं । नेपालमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक निर्देशन जारी गर्दै सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएसँगै प्रतिबन्ध फुकुवा भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई प्रतिबन्ध फुकुवाको लागि पत्र पठाएपछि प्राधिकरणले टिकटक सञ्चालनमा अवरोध नगर्न भनेको हो।
प्राधिकरणले मन्त्रिपरिषद् बैठकले यही भदौ ६ गते प्रतिबन्ध हटाउने निर्णय गरेकाले अर्को निर्णय नहुँदासम्म भएको रोक नलगाउन सेवाप्रदायकहरुलाई भनेको छ।