काठमाडौं खबर भदौ १४, २०८१
काठमाडौं । आउँदै गरेको हरितालिका तीज खर्चिलो र तडकभडकरहित तरिकाले मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको हो ।
‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचना मार्फत भनेको छ ।
सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसार कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।