

काठमाडौं । आउँदै गरेको हरितालिका तीजको अवसरमा कपनका महिलाहरूले धुमधामका साथ तीज विशेष कार्यक्रम मनाएका छन् । शनिबार बुनपा १२ मा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो ।
तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम करिब ४०० जनाको सहभागिता रहेको आयोजकको दाबी छ । महिला संघ बुढानीलकण्ठ नगरपालिका वडा नं १२ ले आयोजना गरेको कार्यक्रममा महिला संघ बुनपा १२ की अध्यक्ष निर्मला दाहालले कार्यक्रममा उपस्थितहरूप्रति आभार व्यक्त गरेकी थिइन् भने सुरुवातमा कार्यक्रम सञ्चालिका अञ्जली खतिवडाले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि गगन थापा, विशेष अतिथि मीना पराजुली, याङ्किला शेर्पा, अतिथिहरूमा न्हुच्छेनारायण श्रेष्ठ, विनोद चालिसे, रामप्रसाद लुइँटेल, रामविनोद लामिछानेलगायत थिए । कार्यक्रममा नवराज तिमिल्सिना, मनोज सिग्देल, सुनित चालिसे, विश्वनाथ दाहाल, मञ्जु खतिवडा, निर्मला दाहाललगायतले संयोजन भूमिका निर्वाह गरेका थिए ।