काठमाडौं खबर भदौ १६, २०८१
काठमाडौं । आजदेखि ललितपुरको सातदोबाटोमा एन्फा महिला लिग फुटबल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिग दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ । आजको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । । उद्घाटन खेलका लागि दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।
लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन् । लिगमा कुल ६९ खेल हुनेछ । लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।