काठमाडौं खबर भदौ १७, २०८१
काठमाडौं । साहित्यानुरागीहरूले आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती मनाउँदैछन् ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।
उनै भट्टको एक सय ५९औँ जन्मजयन्ती सोमबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।