काठमाडौं खबर भदौ १४, २०८१
काठमाडौं । गोकर्णेश्वरमा पर्ती जग्गामा बनेको संरचनामाथि डोजर चलेको छ । शुक्रबार बिहान जाेरपाटी नयाँबस्ती कुमारी भैरव चाेक नजिक नगरप्रहरीसहितको टोलीले सो भेगमा पर्ती जग्गामा बनेका संरचनामाथि डोचर चलेको हो ।
सो क्षेत्रमा पटक-पटक सूचना जारी गर्दा पनि अवज्ञा गरेको भन्दै सो क्षेत्रमा डोजर चलाइएको हो । नगरपालिकाका मेयर र वडाध्यक्षले पटकपटक ताकेता गरेर सो क्षेत्र खाली गर्न भन्दा पनि अटेर गरेपछि डोजर चलाउनु परेको नगरपालिकाले जनाएको छ।