काठमाडौं । यदि तपाईं विवाह गर्न जाँदै हुनुहुन्छ भने तपाईंको विवाह गर्नुको कारण धेरै स्पष्ट हुनुपर्छ । हतारमा विवाह गर्ने निर्णयले दुवैको जीवन बर्बाद गर्न सक्छ। आउनुहोस् जानौं यस्ता केही कारणहरू जसको कारणले गर्दा तपाईंले विवाह गर्ने निर्णय गर्नुहुँदैन। विवाह नगर्ने निर्णय गर्नु गलत कारणले विवाह गर्नुभन्दा धेरै गुणा राम्रो साबित हुन सक्छ।
ब्रेकअपको कारण
यदि तपाईं ब्रेकअपको तनाबबाट बाहिर निस्कन विवाह गर्ने निर्णय गर्दै हुनुहुन्छ भने, तपाईंले केही समय कुर्नुहोस् । यो बेलामा तपाईंको निर्णयमा पुनर्विचार गर्नुपर्छ। यदि तपाईं टुटेको मन भएको कसैसँग नयाँ सम्बन्धमा प्रवेश गर्न लाग्नुभएको छ भने भविष्यमा तपाईं र तपाईंको भावी पार्टनरले सम्बन्ध कायम राख्न धेरै कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले ब्रेकअपबाट पूर्ण रूपमा निको भएपछि वा तनावमुक्त भएपछि मात्रै विवाह गर्ने निर्णय गर्नुपर्छ।
आर्थिक स्थितिको कारण
यदि तपाईंको पार्टनरको आर्थिक अवस्था राम्रो छ भन्ने सोचेर मात्र बिहे गर्दै हुनुहुन्छ भने तपाईंको यो निर्णय भविष्यमा गलत साबित हुन सक्छ । सम्बन्ध जोगाउन पैसा होइन माया, सम्मान र समझ चाहिन्छ । पैसाको लागि मात्र कसैसँग विवाह गर्नुको मतलब यो होइन कि तपाईं सधैंभरि खुशी हुनुहुनेछ।
दबाबको कारण
केटा होस् वा केटी, एक निश्चित उमेरपछि दुवैलाई विवाह गर्न दबाब दिइन्छ । कहिले आमाबुवाको दबाबमा त कहिले आफन्तको दबाबमा मान्छेले कसैसँग बिहे गर्ने निर्णय गर्छ र पछि पछुताउने गर्छ । सामाजिक दबाबमा बिहे गर्ने गल्ती पनि गर्नु हुँदैन ।
कुनै पनि व्यक्तिले तब मात्र विवाह गर्ने निर्णय गर्नुपर्छ जब उसलाई आफ्नो जीवनमा कसैको साथ चाहिन्छ र यो संगतको लागि पूर्णरूपमा तयार हुन्छ। यस कारणले गर्दा, विवाह पछि तपाईले आफ्नो जीवनको आनन्द लिन सक्नुहुनेछ।