काठमाडौं खबर भदौ २५, २०८१
काठमाडौं । नेपाली काँग्रेसभित्र पनि उपसभामुख हटाउने विषय उठेको छ । आज नेकपा एमालेले संसदमा नै यस विषय उठाएपछि नेपाली काँग्रेसले पनि यस विषयमा प्रश्न उठाएको हो । यस विषयमा पार्टीको धारणा बनाउन सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् ।
देउवाले बुधबारका लागि बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो ।