काठमाडौं । हरेक वर्ष कन्या संक्रान्ति अर्थात् असोज १ गते मनाइने विश्वकर्मा पूजा आज धुमधामका साथ मनाइँदै छ । यस दिन भगवान् विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।
भगवान् विश्वकर्मा ब्रह्माका सातौं पुत्र हुन्, जसले ब्रह्मालाई ब्रह्माण्डको सृष्टि गर्न मद्दत गरेका थिए, यो विश्वको सृष्टि गर्नु अघि कारीगर र इन्जिनियरको जन्म भएको मानिन्छ। देवताहरूका वास्तुकार तथा विश्वका प्रथम इन्जिनियर, वास्तुशास्त्रका जानकार भगवान विश्वकर्मा पनि वास्तुशास्त्रका महान् विद्वान हुन्, विष्णु पुराणका अनुसार भगवान विश्वकर्मालाई देवताहरूको काष्ठ शिल्पकार मानिन्छ ।
ब्रह्माले भगवान विश्वकर्मालाई ब्रह्माण्डको वास्तुकार नियुक्त गरेका थिए। यो ब्रह्माण्डको नक्सा बनाउने उनी नै पहिलो व्यक्ति मानिन्छ । स्वर्गलोक, इन्द्रपुरी, भगवान कृष्णको द्वारिका नगर, सुदामपुरी, हस्तिनापुर, पाण्डवहरूको इन्द्रप्रस्थ नगर, गरुड भवन, कुबेरपुरी, यमपुरी, स्वर्ण लंकाजस्ता धेरै सहर र स्थानहरू निर्माण गरे।
शास्त्रका अनुसार भगवान विश्वकर्माले भगवान विष्णुका लागि सुदर्शन चक्र, शिवका लागि त्रिशूल, कुबेरका लागि पुष्पक विमान, इन्द्रका लागि दधिचीको हड्डीबाट वज्र, यमराजका लागि कालादण्डलगायत धेरै हतियार र औजारको देवता मानिएको छ धार्मिक विश्वासका अनुसार, भगवान विश्वकर्मा यस ब्रह्माण्डमा सृष्टि गरिएका सबै चीजहरूको उत्पत्तिकर्ता हुन् ।