![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि सूर्यदर्शन सहकारीसहित ५ वटा सहकारीको रकम अपचलन भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि दोषी रहेको ठहर गर्दै उनलाई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरिसकेको छ । तर रवि लामिछाने भने अझै पनि आफूले क्लिन चिट पाएको भनेर निस्फिक्री प्रतिक्रिया दिँदै आएका छन् ।
जीबी राईले सञ्चालन गरेको पाँच वटा सहकारीको सहित कुल दुई अर्ब ५६ करोड रुपैयाँ गोर्खा मिडियामा देखिएको जसमध्ये ६५ करोड रुपैयाँ रवि प्रबन्ध निर्देशक हुँदा गोरखा मिडियामा अपचलन भएको समितिको निष्कर्ष छ । यही प्रमाणको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि रकम अपचलनमा दोषी ठहर गर्दै उनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
सोमबार संसदबाट निस्कने रविले भनेका छन् : ‘लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अथोरिटी मेरो जानकारीमा हुँदैन । आएको चिजलाई एमडीको रुपमा कर्मचारीलाई तलब पनि दिनुपर्ला । मुल मुद्दा भनेको सहकारी ठगीमा मेरो संलग्नता छ वा छैन भन्ने हो । मलाई सहकारी ठग भनिएको थियो । प्रतिवेदन चाहिँ हेर्न पाएको छैन । तर, जुन विषयमा लान्छना लागेको थियो, त्यसमा समितिले स्पष्ट पारेको छ ।’ त्यस्तै, रास्वपा उपसभापति स्वर्णीम वाग्लेले रविले क्लिन चिट पाएको बताए । वाग्लेले आफूहरुविरुद्ध प्रयोग गरिएको राजनीतिक क्षेप्यास्त्र पूर्णरुपमा खारेज भएको दाबी समेत गरे ।
तर प्रतिवेदनमा भने उनीहरूले भने जस्तो देखिएको छैन। समितिले रवि लामिछानेको नामै लेखेर उनलाई उनी पदमा रहँदा भएको अनियमिततामाथि कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदनमा रविको नाम यसरी लेखिएको छ :