काठमाडौं खबर अशोज ९, २०८१
काठमाडौं । आज सेयरबजार बढेको छ । साताको चौथो दिन आज सेयर बजारमा ४९ दशमलव १८ अंकले बढेको हो । आज २२३ कम्पनीले आम्दानी गर्दा १८ कम्पनीले नोक्सानी ब्यहोरेका छन् ।
आज कुल कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो ।
म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे ।