काठमाडौं खबर अशोज ६, २०८१
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार उनलाई भक्तपुरस्थित उनकै घरबाट साइबर ब्युरोका प्रतिनिधिले पक्राउ गरेका हुन् ।
विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाईंविरुद्ध रास्वपाकी नेतृले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनले आफूनिकट युट्युबमा अभिव्यक्ति दिँदै चरित्रहत्या गर ।
एक फेक न्यूजलाई आधार बनाएर दुर्गा प्रसाईंले युट्युब च्यानललाई अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा उनले रास्वपाकी नेतृ ज्वाला संग्रौलाको नाम नलिई ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए । उनले फोटोसप गरिएको एक समाचारलाई आधार बनाएर उनले त्यस्तो अभिव्यक्ति दिएका थिए ।