काठमाडौं खबर अशोज ६, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने भयले रास्वपाले सबै कार्यकर्तालाई पार्टी कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको छ। आइतबार साँझ सहकारी ठगी मुद्दामा संसदीय छानबिन समितिले दोषी ठहर गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि रास्वपा त्रसित भएको हो ।
प्रहरीले रविलाई पनि पक्राउ गर्नसक्ने जोखिम देखेर कार्यकर्ता बोलाएको हो । बागमती प्रदेश कमिटीका सभापति डा. अच्युतम लामिछानेले मोबाइलमा सन्देश पठाउँदै उपत्यकामा भएका नेता कार्यकर्तालाई भेला हुन सर्कुलर जारी गरेको स्रोतले जनाएको छ।
अहिले पार्टी कार्यालयमा लामिछानेसहितका नेताहरू छन् भने ठूलो संख्यामा प्रहरी पनि पुगेको छ।