काठमाडौं खबर अशोज ९, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पसलेले सबैले देख्ने ठाउँमा मूल्यसूची नराखे कारबाही हुने भएको छ । काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले खुद्रा तथा थोक बिक्रेतालाई उक्त आग्रह गरेको हो।
महानगरपालिकाले खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरको सूचनामा उल्लेख छ। महानगरले कडाइका साथ यी कुरा पालनामा जोड दिएको छ। अनुगमनका क्रममा कैफियत भेटिए, उजुरी परे र गुनासो आएमा प्रचलित कानुनअनुसार कारबाही हुने महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ।
यसबाहेक अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्ने सुनिश्चित गर्नुपर्ने, उपभोग गर्ने अवधि (ननएक्सपायरी डेट) बाँकी भएको मालसामान मात्र बिक्रीवितरण गर्नुपर्ने महानगरले जनाएको छ।