काठमाडौं खबर अशोज ७, २०८१
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल तेस्रो खेलमा पनि पराजित भएको छ । आइतबार राति क्यानडामा भएको खेलमा क्यानडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
सिरिजको पहिलो खेलमा नेपाली टोलीले क्यानडासँग १ सय ३ रनको फराकिलो हार व्यहोरेको थियो। सिरिजको दोस्रो खेलमा भने ओमानसँग नेपाल १ विकेटले पराजित भएको थियो।
नेपालले दिएको एक सय ८२ रनको मध्यम लक्ष्य घरेलु टोलीले ४२ ओभरमा ५ विकेटको क्षतिमा भेट्यो ।