

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बाँसबारी–बूढानीलकण्ठ सडकमा खानेपानी तथा विद्युत् प्रसारण लाइन छिटो सक्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । मंगलबार सो सडक खण्डको निरीक्षण गर्दै मन्त्री पौडेलले काममा ढिलाइ हुँदा स्थानीय समस्यामा परेको भन्दै छिटो काम सक्न आग्रह गरेका हुन्।
काठमाडौं क्षेत्र नम्वर ५ बाट निर्वाचित मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलोबाट नागरिकले सास्ती पाएको भन्दै तत्काल कालोपत्रको काम अघि बढाउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई आग्रह गरेका हुन्। उनले डिभिजन सडक कार्यालय, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।