काठमाडौं । चितवनमा रहेको साहारा सहकारीको ठगीमा मुछिएका जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । २० पृष्ठ लामो अभियोग पत्रमा जीवी राई र उनका समूहले गरेको ठगीको विषय उल्लेख गरिएको छ । सहकारी ठगी कसुरमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको हो ।
अभियोग पत्रमा राईसहित सागर केसी, हेमन्त राई, भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको दाबी गरिएको छ ।
यसमा जीबी राईले गोरखा मिडियामा गएको पैसाको विषयमा भने थप अनुसन्धान गर्न बाँकी रहेकोले यसमा पछि पूरक उजुरी लैजाने तयारी गरिएको छ ।
यस्तो छ अभियोगपत्र