काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमितिले गरेको निर्णयमाथि वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले ८ बुंदे असहमति दर्ता गरेका छन् ।
भदौ १२ र १३ गते अखिल नेपाल फुटबल सङ्घको कार्यालय सादोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले विभिन्न विषयमा निर्णय गरेको थियो । सोही निर्णय उपर असोज ७ गते वरिष्ठ उपाध्यक्ष खड्काले आफ्नो आठ बुँदे असहमति पत्र अध्यक्षलाई सम्बोधन गर्दै दर्ता गराएका हुन् ।
उनले दर्ता गराएको पत्र बमोजिम एन्फाले गरेको निर्णयमध्ये प्रस्ताव नम्बर ५ प्रस्ताव नम्बर ६, ८, ११, १२, १४, १६ र २१ नम्बरका प्रस्तावमा आफ्नो सहमति नरहेको उनको भनाइ छ ।
खड्काले अध्यक्षको नाममा पेश गरेको पत्र अनुसार प्रस्ताव नम्बर ५ मा खेलकुद सामग्री खरिदको लागि बोलपत्र स्वीकृत गर्ने विषय उल्लेख छ । यस्तै, प्रस्ताव नम्बर ६ मा कर्णाली प्रदेश फुटबल सङ्घको बारेमा निर्णय गरिएको छ ।
यी आठ बुँदामा उल्लेखित विषयहरूले नेपाली फुटबल क्षेत्र र एन्फाको गरिमामा समेत पाँच आउने भन्दै यसमा आफूले सहमति जनाउन नसकेको खड्काले आफ्नो पत्रमा उल्लेख गरेका छन् ।
यस्तो छ खड्काले अध्यक्षलाई सम्बोधन गर्दै लेखेको असहमतिपत्रको विवरण: