

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई भुटानले राजकीय सम्मान दिएको छ । नौरथा सुरु भएको पहिलो दिन बिहीबार भुटान गएका ज्ञानेन्द्रलाई थिम्पुमा रहेको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा ज्ञानेन्द्रलाई भुटानी राजकुमारीले स्वागत गरेकी थिइन् ।
उनलाई विमानस्थलमा रेड कार्पेटबाट स्वागत गरिएको थियो । नौरथाको अवसरमा भएको भ्रमणका क्रममा ज्ञानेन्द्रले त्यहाँका शक्तिपिठहरूमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
निजी भ्रमणका लागि भुटान निस्किएका पूर्वराजा ज्ञानेन्द्रको साथमा ५ सदस्यीय टोली रहेको छ ।