काठमाडौं खबर अशोज १८, २०८१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित पनौती, रोशी र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पालिकाहरुबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोग सिफारिस गरिएको महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।
काभ्रेपलान्चोकका तीन वटा पालिकाहरूको कोषमा उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।