

काठमाडौं । नेपाल प्रहरीले यो दशैँको समयमा विभिन्न आपराधिक घटनाहरू तुलनात्मक रूपमा वृद्धि भएको जनाएको छ । दशैँको पछिल्लो १० दिनमा प्रहरीले राखेको रेकर्डअनुसार यो वर्षको असोज १७ देखि २८ गतेसम्म चोरीका १९ वटा, ज्यान मार्ने उद्योगका चारवटा, जबर्जस्ती करणीका दुईवटा, आपराधिक विश्वासघातको एउटा, ठगीको एउटा र सवारी ज्यानको ५ वटा उजुरी दर्ता भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ ।
यो तथ्यांक वर्षको दशैंको यही १० दिनको अवधिमा चोरीका ११ वटा, डकैतीको एउटा, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीको तीनवटा र ठगीको १४ वटा गरी ३० वटा उजुरी दर्ता भएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले २६ जनालाई पक्राउ गरेको थियो ।