काठमाडौं खबर कार्तिक ३, २०८१
काठमाडौं । अन्तर्राष्ट्रियस्तरको फुटबल टुर्नामेन्टमा सहभागी हुन मध्यपुर युथ एसोसिएसनका खेलाडीहरु चीन प्रस्थान गरेका छन् । यही अक्टोबर २१ देखि २७ सम्म चीनको युनान प्रान्तको लिज्याङ सहरमा आयोजना हुने तिआन्यु लिउफ्याङ कप लिजिङ फुटबल इन्भाइटेसन टुर्नामेन्टमा १६ वर्षमुनिको समूहले सहभागिता जनाउन चीन गएका हुन् ।
प्रतियोगितामा नेपाललगायत पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका गरी १६ टिमले प्रतिस्प्रर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुन चीनको लिज्याङ्ग शहर जाने टिमका खेलाडी र अफिसियलहरुलाई आज एक समारोहबीच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शुभकामनासहित बिदाई गरे। सहभागी हुन जाने खेलाडी र अफिसियलहरु निम्नानुसार रहेका छन् ।
खेलाडीहरु आभाष खड्का, स्वर्णीम श्रेष्ठ, करुण काफ्ले, विशेष बस्नेत, सुशोभित खड्का, स्वयं थापामगर, प्रशिद्ध घतानी, स्वयं भक्त श्रेष्ठ, रोहन मोक्तान, रोजिन सलाजु, आरुष प्रजापति, आयान श्रेष्ठ, विपुल हाङ्गराई, महमद अरमान मिया, सोहाङ्ग राई, जेनिम श्रेष्ठ रहेका छन् भने हेडअफ डेलिगेसन उपेन्द्रमान सिंह, टिम मेनेजर अष्टकुमार कवे, कोच राजेश श्रेष्ठ र कोअर्डिनेटर रजेन महर्जन रहेका छन् ।