

काठमाडौं । राजधानीमा बिहीबारदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा नेपालले भुटानमाथि जित हासिल गर्ने लक्ष्य लिएको छ ।
यसअघि उपविजेतामा चित्त बुझाउँदै आएको नेपालले यसपालि उपाधि हासिल गर्ने लक्ष्य राखेको छ । समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे सुरु हुनेछ।
उपाधिको छिनोफानो कात्तिक १४ गते हुनेछ।