

काठमाडौं । प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालले सो अनुमति दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गरेको थियो । सो मागबमोजिम अदालतले उक्त अनुमति दिएको हो ।
प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।