

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले म्याद थपका लागि अदालतको ढोकामा पुगेर सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । उनले यो सरकारले देश डुबाउने काम मात्रै गरेको भन्दै केपी ली सबैभन्दा ठूलो भ्रष्टाचारी रहेको बताए ।
उनले यो सरकार ढाल्नका लागि यही बेलामा देशैभरिबाट जहाँ–जहाँ भए पनि आन्दोलनमा आउन सबैसँग आह्वान गरेका छन् । उनले भने ‘म सबैलाई अपिल गर्छु । सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनी, यो सरकार रहुञ्जेल यस्तै हर्कत गर्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूट्टा मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।’