

काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज महावीर क्लबले विजय युथ क्लबलाई ४–० ले पराजित गरेको छ । महावीरको तर्फबाट किशोर नेपाली, टिका वहादुर उप्रेती, विक्रम कार्की र भरत गुरुङ्गले समान एक–एक गोल गरेका थिए । महावीरका किशोर नेपाली प्लेयर अफ दि डे घोषित भए ।
त्यस्तै, आजै सम्पन्न दोस्रो खेलमा फ्रिडम फाइटरले बीआर ब्रदर्शलाई ७–१ गोलले पराजित गर्यो । फ्रिडमको विकर्ण श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए ।
आजको तेस्रो खेलमा हाम्रो धरान भेट्रानले वीरगञ्ज युथ एकेडेमीलाई १–० ले पराजित गर्यो । धरानको लागि दिल कुमार कार्कीले निर्णायक गोल गरे ।
प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेल बिहान नौ बजे चितवन एफसीविरुद्ध हिमालयन शेर्पा भेट्रान्स, दोस्रो खेल एक बजे बानेश्वर फ्रेन्डसिपविरुद्ध महावीर क्लब र तेस्रो खेल ३ बजे संयुक्त अनुभवी क्लबविरुद्ध फ्रिडम फाइटरबीच खेल हुने कार्यक्रम रहेको छ ।