काठमाडौं । सहकारीको बचत हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई छुटाउनका लागि रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको जानकारीमा आएको छ । सोमबार राति बालुवाटर पुगेका उनीहरूले ओलीलाई भेटेर पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ताको लागि हारगुहार गरेको एमाले नेता विष्णु रिजालले दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन् : ‘दिनभरि प्रधानमन्त्रीका विरूध्दमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसॉस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती-राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ? यति हेक्का…
Author: Kathmandu Khabar
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिवको कमिसन मोहले साफ च्याम्पियनसिप महिला फुटबलको खेलमा टिकेटिङ सिस्टम अस्तव्यस्त बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सूचना प्रकाशित गरी ‘अर्को सूचना जारी नभएसम्मका लागि’ टिकट बिक्री रोकेपछि टिकेटिङ सिस्टम अस्तव्यस्त बनेको हो । ‘कात्तिक ११ गते आइतबार दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौँमा साफ वुमेन्स च्याम्पियनसिप–२०२४’ को सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौताविपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको’ एन्फाले जनाएको छ। एन्फाका प्रवक्ता सुरेश शाहले टिकेट वितरणमा…
काठमाडौं । बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न जाने दर्शकका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रोटोकल जारी गरेको छ । एक सूचना जारी गर्दै एन्फाले खेल हेर्न आउने दर्शकका लागि दशरथ रंगशालाभित्र प्रवेश गर्दा कतिपय वस्तु ल्याउन निषेध गरेको हो । एन्फाले खेल मैदानमा उपस्थित व्यक्तिहरूको सुरक्षा र व्यवस्थित वातावरणलाई मध्यनजर गर्दै, केही सामग्रीहरूमाथि रंगशाला भित्र लैजान निषेध गरिएको जनाएको छ। एन्फाका अनुसार प्रतिबन्धित सामग्रीहरू यस्ता छन् : १) हातहतियारः बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार। २) धुम्रपान र आगो बाल्ने सामग्रीः चुरोट, लाइटर, सलाइ आदि। ३) मादक पदार्थः मदिरा र अन्य नशालु…
काठमाडौं । धनतेरस पर्व पाँचदिने उज्यालो पर्वको पहिलो दिन हो । धनतेरसका दिन भगवान धन्वन्तरी, कुब्रेदेव र यमको पूजा गर्ने चलन छ । यसका अलावा धनतेरसमा नयाँ सामान किन्नेको पनि विशेष महत्व छ । आज बिहान १०:३१ बजेबाट सामान किनमेलका लागि शुभ मुहूर्त रहेको बताइन्छ । धनतेरस पूजा समय भने साँझ सवा छ बजेदेखि ८ बजेसम्म रहेको छ । धनतेरसको दिन किनमेल, लगानी र नयाँ काम गर्नको लागि विशेष महत्व छ। यस दिन दिनभर शुभ फल दिने बस्तुहरू किनमेल गरिन्छ। धनतेरसको दिन किनमेल र शुभ कार्य गर्नाले धेरै फल प्राप्त हुने जनविश्वास छ । धनतेरसमा भगवान धन्वन्तरी, माता लक्ष्मी र…
काठमाडौं । भारतमा पछिल्लो समय धेरै विमानहरूमा बमको धम्की आउने गरेको छ । दैनिकजसो कैयौं धम्की त्यहाँको सरकारी र निजी विमान कम्पनीमा पनि आउने गरेको छ । जसले एयरलाइन्सहरूमा आतंक पैदा गरेको छ र देशमा उड्डयन सुरक्षा प्रोटोकलहरूको बारेमा चिन्ता बढेको छ। यी सबै धम्कीहरू गलत साबित भए पनि यसले एयरलाइन्सको सञ्चालनमा नराम्रो असर पारेको छ र यात्रु र चालक दलका सबैलाई असुविधा भएको छ। यस्तो अवस्थामा विमानमा बमको धम्की आउँदा के हुन्छ र त्यसको प्रोटोकल के छ जानौँ । बमको धम्की आएपछि के हुन्छ र प्रोटोकल के हो ? जब विमानमा बमको धम्की आउँछ, एयरलाइन्स र सुरक्षा निकायहरूले विशेष…
काठमाडौं । काठमाडौं–निजगढ द्रूत मार्ग (फाष्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं–निजगढ द्रूत मार्ग (फास्ट ट्रयाक) को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिई रु एक करोड २८ लाख लिएर फरार भएका थिए ।…
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११:०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः…
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ ।…
काठमाडौं । शिवप्रसाद जैशीद्वारा लिखित कथासंग्रह घटको रैबारको विमोचन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समालोचक प्रा.डा.दयाराम श्रेष्ठ ‘सम्भव’ले पुस्तकको लोकार्पण गरेका हुन् । लोकापर्ण कार्यक्रममा प्रा.डा.श्रेष्ठले आफूले पढेका हजारौं कथाहरूमध्ये सो कथा संग्रह फरक खालको भेटिएको बताए । ‘कथा लेख्ने आफ्नै शिल्पी हुन्छ तर यस कथामा नयाँपन छ ।’ उनले भने । नेपालको सुदूरपश्चिमको अछाम जिल्लाको भाषा, संस्कृति र परिवेश कृतिमा झल्किएको उनको टिप्पणी थियो । त्यस्तै, कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एमालेका उपमहासचिव एवं साहित्यकार प्रदीप ज्ञवाली, पूर्वमन्त्री साहित्यकार एवं गीतकार शंकर कोइराला, अछाम जिल्लाका सांसद एवं पूर्वमन्त्री शेरबहादुर कुंवर, साहित्यकार नरनाथ लुइँटेल, पूर्ण रावल, साहित्यकार प्रल्हाद…
काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी तीव्ररूपमा अघि बढेको जनाएको छ । २०७९ सालमा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि गरेको निर्णयअनुसार २०८२ सालमा भ्रमण वर्ष मनाउन तयारी तीव्र पारिएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । आइतबार चाँगुनारायण नगरपालिका र राष्टिय सञ्चार केन्द्रको आयोजनामा नगरपालिकाको हलमा सम्पन्न’चाँगुनारायण नगरपालिकाको विकास निर्माण र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यो कार्यक्रम सफल बनाउन केन्द्र र प्रदेश सरकारसँग अनुरोध गरे पनि ती निकायले वास्ता नगरेपछि नगरपालिका आफैँ कार्यक्रम सफल बनाउन सक्रियतापूर्वक लागेको उनको भनाइ छ । नगरप्रमुख खत्रीले भ्रमण वर्षका लागि वर्षौंदेखि बन्न नसकेको भक्तपुर नगरकोट सडक…
काठमाडौं । सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचार हुने भएको हो । आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । नेपालमा हुने कुल मृत्युमध्ये ७१…
काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । काठमाडौंको बिजुलीबजारमा रहेको साई सहकारी गत चैत तेस्रो साता अनियमितताको आशंकामा काठमाडौं महानगरपालिकाको सहकारी विभागले छापा पारेको थियो । सो सहकारीमा पौडेल उपाध्यक्ष छिन् । पौडेलले उपाध्यक्ष पदबाट राजीनामा दिएको दाबी गरे पनि उनको राजीनामा सञ्चालक समिति र साधारणसभाले स्वीकृत गरेको देखिँदैन । महानगरको टोलीलाई सहकारीका पदाधिकारीले निकिताको राजीनामा पत्र समेत बुझाउन नसकेपछि सो प्रतिवेदनमा निकिता अझै पनि सो सहकारीको उपाध्यक्ष पदमा कायमै रहेको देखिन्छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक नगरेको सो गोप्य प्रतिवेदनलाई उकेरा डटकमले सार्वजनिक गरेको छ…
काठमाडौं । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् । भारतमाथि नेपालको यो जित एउटा इतिहास…
काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको योगफल बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको…
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सञ्चालित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न फाइनल खेलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले फ्रिडम फाइटर युवा क्लबलाई २–१ गोलले पराजित गरी उपाधि जितेको छ । ठमेलका लागि बुद्धराज लिम्बु र कोमल खवासले गोल गरे भने फ्रिडमका लागि मिलन राईले गोल गरे । ठमेलले विजेता ट्रफीका साथै नगद रु. ८ लाख हात पार्यो भने उपविजेता फ्रिडमले नगद रु पाँच लाख हात पारेको छ । ठमेलका मीनबहादुर बस्नेत, भेषराज लिम्बु, टासी छिरिङ्ग क्रमशः प्रतियोगितको उत्कृष्ट गोलकिपर, मिडफिल्डर र सर्वोत्कृष्ट खेलाडी चुनिए भने उत्कृष्ट प्रशिक्षक विनोद आले भए । फ्रिडमका राजकुमार…
काठमाडौं । तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै साफ वुमन्स च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक/एक गोल गरेका हुन् । भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् । प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल आज साँझ ६:३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं । उडान अनुमति नलिई जबर्जस्ती विमान अवतरण गर्ने थाई एयर एसियालाई सरकारले कारबाही गरेको छ । काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको हो । थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ । सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’…
काठमाडौं । साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज नेपाल र भारतबीच सेमिफाइनल खेल हुँदैछ । नेपालले आज ५ पटकको च्याम्पियन भारतको सामना गर्ने भएको हो। दिनको दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि अर्थात साढे ६ बजे सुरु हुने एन्फाले जनाएको छ । खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले यस्तो गरिएको एन्फाले जनाएको छ। पहिलो सेमिफाइनल भने साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित हुन लागेको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सात वटा प्लेनरी सत्र रहने परिषद्ले जनाएको छ । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल…
काठमाडौं । बन्द हड्ताल नगर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नीतिविपरीत चितवनमा राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरेको छ । शनिबार सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध रास्वपाले आन्दोलन गरेको हो । सहकारी ठगी र संगठित अपराधको आरोपमा रवि एक साताभन्दा धेरै समयदेखि प्रहरी हिरासतमा छन् । आफ्ना पार्टी सभापति रवि लामिछानेको पक्षमा रास्वपा कार्यकर्ताहरूले शनिबार दिउँसो चितवनको नारायणगढमा प्रदर्शन आह्वान गरेको थियो । उनीहरूले नारायणघाटको पुल्चोकमा दिउँसो आधा घन्टा राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका हुन्। राजमार्ग ठप्प हुँदा राजमार्ग हुँदै चल्ने सबै सवारीसाधनहरू रोकिएका थिए।
काठमाडौँ । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेका छन् । गृह मन्त्रालयले शुक्रवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत अधिकारीलाई बारा पठाउने निर्णय गरेको हो । यसैगरी मन्त्रालयमा कार्यरत रामबन्धु सुवेदीलाई अधिकारीको ठाउँमा व्यवस्थापन गरिएको छ । १७ जना सिडिओसहित २७ जना अधिकारीहरूको सरुवा गरेको करिब २० मिनेटपछि अधिकारीलाई बारा पठाउने निर्णय गरिएको थियो । महिनौँदेखि सहसचिवहरूलाई बरन्डामा राखेर जिम्मेवारीविहीन बनाएको भन्दै आलोचना भई रहँदा शुक्रवार केही सहसचिवहरूको व्यवस्थापन गरिएको हो । सोही क्रममा केही जिल्लाका प्रजिअहरु पनि साटफेर भएका हुन् ।
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको माओवादी आन्दोलन कसैलाई जोगाउन नभएको बताएका छन् । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलन गरिरहेको बेला भएको यो आन्दोलन कसैलाई जोगाउन नभएको स्पष्ट पारेका हुन् । उनले कार्यक्रममा भने, ‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि । त्यहीअनुसार बनोस् भनेको हो । बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो । तर यो आन्दोलन कसैलाई बचाउनका लागि होइन ।’ उनले सरकारले अहिले देखाएको रवैयाको आपत्ति जनाए । प्रचण्डले एमाले र…
तेल अवीव : इजरायलले इरानको सैन्य स्थलमा आक्रमण गरेको छ । यो अक्टोबर १ मा इरानले इजरायलमा गरेको आक्रमणको प्रतिक्रिया हो। इरानको राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको छ । तर इरानले अब इजरायली आक्रमणलाई कम गर्न खोजिरहेको छ। इरानले धेरै शहरहरूमा सुनेको आवाज उसको आफ्नै वायु रक्षा प्रणालीको कारण भएको बताएको छ। तर एक इजरायली अधिकारीले भने आक्रमणमा इरानको कुनै रोकावट नभएको भन्दै इरानले आक्रमणमा इरानले रोकेको भन्नु झूट भएको बताएको छ । यनेट न्यूजका अनुसार इरानी टेलिभिजनले आफ्ना दुवै अन्तर्राष्ट्रिय विमानस्थल सामान्यरूपमा सञ्चालन भइरहेको बताएको छ। साथै, तेहरान वरपरको भिडियो फुटेज पनि देखाइएको थियो जसमा धुवाँ वा विस्फोट…
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले राष्ट्र बैंकका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमण अस्वीकार गरेका छन् । रुसको ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएको भन्दै उनको भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयको उच्च स्रोतले शुक्रबार बताएको छ । रुसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसामु दुई वर्षभन्दा बढी लडाइँको अन्त्यको आह्वान गर्दै युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को लागि आह्वान गरे । यद्यपि चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका २० नेताहरूको बैठकमा गुटेरेसको सहभागिताले किएभमा आक्रोश उत्पन्न गरायो । “कजानपछि गुटेरेस युक्रेन आउन चाहनुहुन्थ्यो तर राष्ट्रपति जेलेन्स्कीले उहाँको भ्रमणको पुष्टि गर्नुभएन, त्यसैले विशेषगरी कजानमा…
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुँदैछ । कार्यक्रमको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताए । ‘आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण…
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने खबरदारी सभामा विभिन्न ठाउँबाट र्यालीसहित नेता कार्यकर्ताहरू भृकुटीमण्डप पुग्ने कार्यक्रम रहेको छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको पार्टीले बताएको छ । सो सभाको कमाण्ड अध्यक्ष प्रचण्डले गर्ने बताइएको छ । बिहान ११ बजे काठमाडौँ मलमा जम्मा भएर नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपतिर लाग्नेछन् । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क,…
काठमाडौं । रवि लामिछाने पक्राउको विषयमा जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई जिब्रे कुरा गरेका छन् । सत्तारुढ दल भएर पनि गत शुक्रबार सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारी राजनीतिक प्रतिशोध गरेको दाबी गरेका थिए । जबकि उनी सरकारमा मन्त्री बनेर कसैलाई नपठाए पनि उनी सत्तापक्षीय दलका नेता हुन् । उनले रवि पक्राउ पर्दा भनेका थिए ‘२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनं,’ यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो ।’…
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा फ्रिडम फाइटरले हाम्रो धरान भेट्रान टिमलाई २–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको छ । फ्रिडमका लागि विकर्ण श्रेष्ठ र तेज बहादुर गलामीले गोल गरे । फ्रिडमका तेज बहादुर गलामी प्लेयर अफ द म्याच घोषित भए । उनलाई राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक पदम कृष्ण श्रेष्ठले पुरस्कृत गरे । त्यस्तै, आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले पराजित गरेको छ । ठमेलका लागि भेषराज लिम्बु र अंकुर खड्गीले गोल गरे…
काठमाडौं । सहकारी ठगी मुद्दामा सभापति रवि लामिछाने पक्राउ परेपछि करिब एक सातादेखि आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनमा उपस्थितको संख्या घट्न थालेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ । आन्दोलनबाटै सभापति छुटाउने लक्ष्य लिएर आन्दोलनमा उत्रिएको रास्वपाको आन्दोलन एक सातामै तुहिएको हो । अब कसरी अघि बढ्ने भन्ने बारेमा शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो । विरोध प्रदर्शनको आगामी कार्यक्रमको स्वरुपवारे छलफल गर्न अनौपचारिक बैठक जारी रहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । सभापति लामिछानेलाई बिहीबार दोस्रोपटक हिरासतमा राख्ने म्याद थप गरेपछि रास्वपाले आन्दोलन काठमाडौं केन्द्रीय गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार रास्वपाले शुक्रबार माइतीघरमा…
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन काठमाडौंमा हुने भएको छ । यही कात्तिक ११ र १२ गते ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित सम्मेलन आयोजना हुने एनआरएनले जनाएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सात वटा प्लेनरी सत्र रहने परिषद्ले जनाएको छ । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव,…
