काठमाडौं खबर कार्तिक १०, २०८१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेका छन् ।
गृह मन्त्रालयले शुक्रवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत अधिकारीलाई बारा पठाउने निर्णय गरेको हो । यसैगरी मन्त्रालयमा कार्यरत रामबन्धु सुवेदीलाई अधिकारीको ठाउँमा व्यवस्थापन गरिएको छ । १७ जना सिडिओसहित २७ जना अधिकारीहरूको सरुवा गरेको करिब २० मिनेटपछि अधिकारीलाई बारा पठाउने निर्णय गरिएको थियो ।
महिनौँदेखि सहसचिवहरूलाई बरन्डामा राखेर जिम्मेवारीविहीन बनाएको भन्दै आलोचना भई रहँदा शुक्रवार केही सहसचिवहरूको व्यवस्थापन गरिएको हो । सोही क्रममा केही जिल्लाका प्रजिअहरु पनि साटफेर भएका हुन् ।