काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले राष्ट्र बैंकका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमण अस्वीकार गरेका छन् । रुसको ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएको भन्दै उनको भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयको उच्च स्रोतले शुक्रबार बताएको छ ।
रुसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसामु दुई वर्षभन्दा बढी लडाइँको अन्त्यको आह्वान गर्दै युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को लागि आह्वान गरे । यद्यपि चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका २० नेताहरूको बैठकमा गुटेरेसको सहभागिताले किएभमा आक्रोश उत्पन्न गरायो ।
“कजानपछि गुटेरेस युक्रेन आउन चाहनुहुन्थ्यो तर राष्ट्रपति जेलेन्स्कीले उहाँको भ्रमणको पुष्टि गर्नुभएन, त्यसैले विशेषगरी कजानमा विवेक र अन्तर्राष्ट्रिय कानूनको अपमानका कारण गुटेरेस यहाँ आउनुहुने छैन”, स्रोतले भन्यो । जानमा पुटिनसँगको वार्तामा गुटेरेसले युक्रेनमा रुसी आक्रमण संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन थियो भन्ने कुरालाई दोहोर्याए ।
ती द्विपक्षीय वार्ताअघि युक्रेनी विदेश मन्त्रालयले गुटेरेसको कजान भ्रमणको निर्णयको आलोचना गर्दै उहाँले जुनमा स्विट्जरल्यान्डमा युक्रेनले आयोजना गरेको शान्ति शिखर सम्मेलनमा भाग नलिएको बतायो । “यो गलत छनोट हो, यसले शान्तिको कारणलाई अगाडि बढाउँदैन । यसले केवल संयुक्त राष्ट्रसङ्घको प्रतिष्ठालाई क्षति पु¥याउँछ”, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । एएफपी